नेकपाका नेता शुदर्शन र माओवादी केन्द्रका नेता कुबेर बीच भेटघाट तथा छलफल

डेली न्युजराप्ती       ७ माघ २०७८ १७:०३ मा प्रकाशित     626 No Comments


हेमन्त प्रकाश वली, माघ ७,दाङ। नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश वली (शुदर्शन) र नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका सदस्य कुबेर वली बिच भेटघाट भएको छ।

शुक्रबार माओवादी केन्द्रका नेता कुबेर वलीको निजि निवासमा भेटघाट भएको हो। भेटघाटमा सबै क्रान्तिकारी कम्युनिस्टहरु बिच एकता हुनुपर्ने लगाएत पछिल्लो समसामयिक राजनितीक परिस्थितिका बारेमा छलफल भएको थियो।
दलाल संसदीय व्यवस्था नै सबैखाले संकटको मुल कारण भएको भन्दै यो व्यवस्थाको समुल नस्ट गर्न आफ्नो पार्टी एकीकृत जनक्रान्तीको कार्यदिशा लिएर जनतामा गइरहेको न्युजराप्तीलाई नेता शुदर्शनले बताउनुभएको छ। नेपालमा देखिएका राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक लगाएत तमाम समस्याको निर्विकल्प समाधान वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना भएको समेत नेता शुदर्शनले न्युजराप्तीलाई बताउनुभएको हो।

नेकपाका नेता शुदर्शन दाङ आएको अवसरमा माओवादी केन्द्रका नेता कुबेर वलीसंग भेटघाट तथा समसामयिक राजनितीक परिस्थितिका बारेमा छलफल भएको हो।
भेटघाटमा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगरका इन्चार्ज बिकाश वलीको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार