युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलनको तयारी: भित्तेलेखन, हजारौ झण्डा, ठाउँठाउँमा स्वागत गेट

डेली न्युजराप्ती       ८ कार्तिक २०७८ २०:२० मा प्रकाशित     941 No Comments


हेमन्त प्रकाश वली, दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन कार्तिक १३,१४ र १५ गते दाङको घोराहिमा सम्पन्न हुँदै छ।

संगठनले चौथो राष्ट्रिय सम्मेलनको तयारीलाई तिब्र बनाएको छ। कार्तिक १३ गते नेकपाका महासचिव कमरेड विप्लव द्वारा उद्घाटन हुने सम्मेलनको उद्घाटन समारोहमा विभिन्न जिल्लाबाट आउने सम्मेलन प्रतिनिधिहरुको स्वागतको लागि संगठनले जिल्लाका विभिन्न ठाउमा स्वागत गेट निर्माण गरिरहेको संगठनका जिल्ला इन्चार्ज मनोजले बताए। यस्तै संगठनले जिल्लाका अधिकांश ठाउमा भित्तेलेखन कार्यलाइ पनि अघि बढाएको जनाएको छ भने चौथो राष्ट्रिय सम्मेलनको लागि संगठनले जिल्लामा हजारौं झण्डा निर्माण कार्यलाइ पनि निरन्तरता दिएको छ।
यस्तै संगठनले पार्टी महासचिव कमरेड विप्लव द्वारा उद्घाटन हुने चौथो राष्ट्रिय सम्मेलनको प्रचारप्रसारलाई पनि सोमबार देखि तिब्र पारिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार