नेकपा सल्यानद्वारा बस दुर्घटनामा ज्यान गुमाउने मृतकहरु प्रती श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       २१ कार्तिक २०७८ १९:४५ मा प्रकाशित     849 No Comments


हेमन्त प्रकाश वली,दाङ। विप्लव नेतृत्वको नेकपा सल्यानले आइतवार जिल्लाको थारखोला बस दुर्घटनामा ज्यान गुमाउने सम्पुर्ण मृतकहरु प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ।

नेकपा सल्यान जिल्ला सेक्रेटरी नारायण चन्दले आज एक शोक वक्तव्य जारी गर्दै जिल्लाको कपुरकोट गाउपालिका वडा नं. ५ थारखोलामा भएको बस दुर्घटनाबाट भएको मानविय क्षतिले पार्टीलाई अत्यन्त दुखि बनाएको बताएका छन। वक्तव्यमा दुर्घटनामा परि ज्यान गुमाएका मृतकहरु प्रती भावपुर्ण श्रद्धाञ्जली,शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना र घाइतेहरुको स्वास्थ्यलाभको कामना गरिएको छ।साथै वक्तव्यमा मृतकका परिवारलाइ क्षतिपूर्तिको व्यवस्था गर्न र घाइतेहरुको भरपर्दो उपचारको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।

सल्यानको जैतेपानीबाट तुलसीपुरका लागि छुटेको रा१ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ थारखोलामा बिहान करिब साढे ११ बजे दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन।
शोक वक्तव्यको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार