दाङमा यो वर्ष विप्लवको पार्टीले १५ बिघामा धान खेती गर्दै

डेली न्युजराप्ती       ३ श्रावण २०८२ २३:१० मा प्रकाशित     250 No Comments

हेमन्तप्रकाश वली ।
साउन २,घोराही ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाङमा यो वर्ष १५ बिघामा धान खेती गर्ने भएको छ ।
नेकपाका दाङ जिल्ला इन्चार्ज सविन सीले जिल्लामा एकीकृत स्वामित्व सहित जिल्लाभरी यो वर्ष १५ बिघामा धान खेती गर्न लागेको जानकारी दिनुभयो ।

नेकपाले जिल्लाका तुलसीपुर , घोराही र देउखुरीलाई मुख्य तिनवटा उत्पादन केन्द्र बनाएर खेती गरिरहेको इन्चार्ज सविन सीले बताउनुभयो ।

यस्तै शुक्रबार पार्टीले घोराही-१६ स्थित गरुवागाँउमा करिब ४ बिघा जमिनमा धान रोपाइँ सुरु गरेको छ ।

धान रोपाइँमा पार्टीका स्थायी समिती सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सी (विषम) , पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी , पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्यहरु प्रदिप सी , तिलक सी , विकाश सी , सिता सी (सम्झना) , सम्झना सी (असिना) , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य प्रतिरोध सी , महान सी , भुवन सी , अशोका सी लगाएत जिल्लाका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसअघि पार्टीले तुलसीपुर उत्पादन केन्द्र अन्तर्गत करिव ६ बिघा जमिनमा धान रोपाइँ सम्पन्न गरिसकेको जनाएको छ ।

‘आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेताकार्यकर्ता र आत्मनिर्भर देश’को अवधारणा सहित नेकपा बिगतदेखि देशव्यापी उत्पादनको महाअभियानमा होमिएको छ ।

पार्टीका महासचिव विप्लव सी आजभोलि आँफै हिलोमा हेलिएर नेताकार्यकर्तालाई श्रम र उत्पादनमा जोडिरहेका छन् ।

विप्लवले पार्टीको ९औँ महाधिवेशनबाट कृषिबाट आत्मनिर्भरता र उधोगबाट समृद्धिको नारासहित सिंगो पार्टीलाई उत्पादनमा जोडेका छन् ।

पार्टीले पछिल्लो समय कृषि मात्रै होइन् स-साना उधोगहरुमा लगानि गर्ने गरेको छ ।

नेकपाले काठमाडौंमा सी व्यापार केन्द्र , बिद्यार्थी संगठनको गार्मेन्ट , कपिलवस्तुमा सी गार्मेन्ट , ललितपुरमा हार्पिक , फिनाएल उधोग लगाएतका थुप्रै घरेलु उधोगहरु खोलेर नेताकार्यकर्तालाई श्रम , उत्पादन र रोजगारीसंग जोडेको जनाएको छ ।

नेकपाले जुम्ला , कालिकोट , हुम्ला लगाएतका हिमाली जिल्लाहरुमा स्याउ , भेडा पालन , सुन्तला खेति , लगाएतका उत्पादनका कार्यहरुलाई समेत तिब्रता दिएको छ ।

नेकपाले आगामि ५ वर्षभित्र पार्टी , पार्टीका नेताकार्यकर्तालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार