मतदाता भन्छन– ‘खानेपानीको काम भुलेका छैनौं,भोट खेमलाइ नै दिन्छौं’

डेली न्युजराप्ती       २६ बैशाख २०७९ १९:५४ मा प्रकाशित     994 No Comments


बैशाख २६,तुलसीपुर। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका निवर्तमान अध्यक्ष खेमराज वली स्थानीय निर्वाचनमा स्वतन्त्र उप-मेयर पदमा चुनाव लड्दै छन।
यतिबेला खेमराज वली दिनानुदिन मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन।
आज सोमबार एकाबिहानै तुलसीपुर-६ का मतदाताको घरघरमा पुगेर आफुलाइ मतदानको अपिल गरिरहेका छन।
सयौं समर्थकहरुको भिडमा हिडिरहेका वलीलाइ मतदाताले उत्साहपुर्ण ढंगले मतदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन।

तुलसीपुर-६ गाइडहरका एक मतदाताले भने– ‘खानेपानी संस्थामा गरेको काम भुलेका छैनौं,भोट तपाईंलाई दिन्छौं।’

खेमराज वली तुलसीपुर खानेपानी संस्थामा झण्डै ४ कार्यकाल काम गरेर तहसनहसको अवस्थामा पुगेको खानेपानी संस्थालाइ नेपालको उत्कृष्ट खानेपानी संस्था बनाएका व्यक्ती हुन। उनि जनतामा अत्यन्त लोकप्रिय छन।

बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनमा स्वतन्त्र तुलसीपुर उपमहानगरपालिका उप-मेयर पदका स्वतन्त्र उम्मेदवार खेम वलीले चुनाव जित्नेमा धेरैले अनुमान लाउन थालेका छन।
उनको चर्चा यतिबेला बजारका चोकचोकमा,गल्लीगल्लीमा,चिया पसलहरुमा हुने गरेको छ।

तुलसीपुर बजारका एक प्रतिष्ठित व्यापारीले खेम वलीले खानेपानीमा गरेको योगदानका कारणले उप-मेयर पदमा भारी मतका साथ चुनाव जित्ने धारणा व्यक्त गरेका छन।
उनले भने – ‘मेरो राजनीतिक आस्था फरक हो तर म आफै उप-मेयर पदमा खेम वलीलाइ भोट हाल्छु। उनले जिते भने तुलसीपुरलाई विकास र समृद्धिको नगर बनाउनेमा म ढुक्क छु।’ स्वतन्त्र उप-मेयर पदका उम्मेदवार वलीलाइ नेकपाको समर्थन रहेको छ। उनी पुतली चुनाव चिन्ह सहित निर्वाचनमा होमिएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार