दाङ, १० फागुन । दाङमा एक किसोर मृत अवस्थामा फेला परेका छन । पश्चिम दाङको शान्तिनगर गाउँपालिका १ आग्रानेटा निवासी १७ बर्षीय प्रमोद डाँगी शान्तिनगर ५ रगैंजा नजिकै नालामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मान वहादुर विसीले जानकारी दिनुभएको छ ।
मंगलबार रगैंजामा रहेको फुपुको घरमा जन्मदिनको पार्टीमा गएर गयराति साढे ९ बजेको समयमा घर फर्केका डाँगी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखीएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.