दलाल पुजीवादका कारण नेपालका लाखौं युवाहरु चाडपर्वमा परिवार भन्दा टाढा छन् : सविन

डेली न्युजराप्ती       ४ कार्तिक २०८० १९:४३ मा प्रकाशित     115 No Comments

हेमन्त प्रकाश वली ।

कार्तिक ४ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले दलाल पुजीवादी संसदीय व्यवस्थाका कारण नेपालका लाखौं युवाहरु चाडपर्वमा परिवारभन्दा टाढा भएर बस्नुपर्ने बाध्यतामा रहेको बताएका छन् ।

शनिबार नेकपा पश्चिम दाङद्वारा तुलसीपुर -१५ मलवारमा आयोजित शुभकामना आदानप्रदान तथा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा वताएका हुन् ।

नेकपा राप्ती ब्युरो इन्चार्ज समेत रहेका नेता सविनले भने– ‘नेपालमा चलिरहेको दलाल पुजीवादी संसदीय व्यवस्थाका कारण नेपाली युवाहरुले नेपालीहरुको बिशेष चाडमा समेत परिवारसंगै बसेर खुसी साट्ने अवसरबाट बन्चित छन् । यो सत्ताले नेपालमा युवाहरुलाइ रोजगारी प्रदान गर्न नसक्दा आज लाखौं युवाहरु बिदेशी भुमिमा आफ्नो श्रम बेच्न बाध्य छन् ।’

नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ , नेता सविनले भने,‘नेपालका युवाहरु नेपालमा बसेर नेपाललाई बनाउन सक्दछन तर यहाँको सत्ताले रेमिट्यान्सको लोभमा दैनिक हजारौं युवाहरुलाई बिदेशमा धकेलिरहेको छ । हामी यो सत्ता त्यहिभएर बदल्न चाहेका छौँ । हामी नेपालमै युवाहरूलाई रोजगारीको ग्यारेन्टी , गाँस , बाँस , कपास , शिक्षा , स्वास्थ्यको ग्यारेन्टी हुने व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न चाहान्छौ ।’

नेपालमा दलाल पुजीवादी सत्ताको विकल्प समाजवाद भएको बताउदै नेता सविनले नेपालका पुराना पार्टीहरु विघटनको संघारमा पुगेको समेत बताए । उनले भने– ‘पुराना पार्टीहरुले दलाल पुजीवादको टेकसो लाउने काम गरेका छन् त्यहिभएर नेपालका पुराना पार्टीहरुप्रती नेपाली युवाहरुको विकर्षण पैदा भइरहेको छ। पुराना दलहरुले जनतालाइ प्रयोग गरेर सत्तामा जाने र जनतालाइ बिर्सनुले गर्दा उनिहरु विघटनको प्रक्रियामा छन ।’

एक अर्को प्रसंगमा बोल्दै नेता सविनले नेपालका अगाडि दुईवटा समस्याहरु ज्वलन्त रुपले खडा भएको बताए । उनले समस्याहरुको चर्चा गर्दै भने ,‘एउटा नेपालमा अमेरिका आएको छ । अमेरिका जहाँ पुग्छ त्यहा विनाश मच्चाउछ । अमेरिकाले साम्राज्यवादी युद्धहरुमा नेपाली युवाहरुलाइ प्रयोग गरिरहेको छ भने अर्कोतिर नेपाललाई युवा विहिन बनाएर नेपालमा सैनिक क्याम्पहरु खडा गरिरहेको छ । नेपालला प्राकृतिक सम्पदाहरु कब्जा गर्ने र चिनका विरुद्ध घेराबन्दी गर्ने अमेरिकी योजना छ । जनता जागरुक नभए नेपाल युक्रेन , अफगानिस्तान र इजरायल-प्यालेस्टाइन बन्ने खतरा छ ।’

यस्तै शुभकामना आदानप्रदान तथा ध्रुवीकरण कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीले देश र जनतालाइ सार्वभौमसत्ता सम्पन्न बनाउन समाजवाद स्थापनाको विकल्प नरहेको बताए ।

नेता प्रदिपले अहिले बनेको समाजवादी मोर्चा बारेमा भ्रमित नहुन अपिल गर्दै मोर्चा नेपाली बिशेषताको समाजवाद स्थापनाका लागि बनेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम युवा संगठन नेपालका महासचिव तिलक सीले जनताका आधारभुत समस्याहरु हल नगर्ने पार्टीलाई अब जनताले बिश्वास नगर्ने बताएका थिए ।

ध्रुवीकरण कार्यक्रम मार्फत नेकपा प्रवेश गरेका एमालेका तत्कालीन जिल्ला कमिटी सदस्य हिरालाल वलीले नेकपाको क्रान्तिकारी बिचारधारा मार्फत मुलुकलाइ सम्मुनत राष्ट्रका रुपमा विकास गर्न सकिने बताए ।

यस्तै नेकपा प्रवेश गरेका सहकारीकर्मी कृष्ण योगिले नेकपाको आत्मनिर्भर अभियानबाट प्रेरित भएर पार्टी प्रवेश गरेको बताए ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले संचालन गरेको कार्यक्रमको अध्यक्षता नेकपा पश्चिम दाङका सचिव निर्मल सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार