असोज १२,दाङ ।
विप्लव सी नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपाल घोराही उपमहानगर समितिको प्रथम सम्मेलन भोलि घोराहीमा हुने भएको छ ।
सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
बिहान ११ बजे ट्राफिक चोक स्थित साइ मन्दिरमा हुने सम्मेलनमा सयौं क्रान्तिकारी युवाहरुको बिचबाट पालिकाको नेतृत्व चयन गरिने संगठनका जिल्ला इन्चार्ज पदम सीले जानकारी दिए ।
राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा सशक्त संघर्ष गरौँ , समाजवाद प्राप्तिको दिशामा आम युवा गोलबन्द होऔँ भन्ने मुल नाराका साथ संगठनले प्रथम उपमहानगर समितिको सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनलाई नेकपाका केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.