हेमन्तप्रकाश वली ।
साउन २०,तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नयाँ केन्द्र निर्माण आवश्यकता रहेको बताएका छन् ।
मंगलबार पार्टी स्थायी कमिटीको अनौपचारिक बैठकमा विप्लवले यस्तो बताएका हुन् ।
सोमबार पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको नेकपा माओवादी केन्द्रले नेकपासंग एकताको भ्रमपुर्ण होहल्ला गरेपछि विप्लवले आज नै पार्टी स्थायी समितिको अनौपचारिक बैठक बोलाएका थिए ।
नेकपाले माओवादी केन्द्रले बैठकका २६ बुदे निर्णयमा एकताको विषय उल्लेख नभएको तर इमानदार नेताकार्यकर्तालाई भ्रमित पार्न केन्द्रका नेताहरूले अनेकन स्टन्टबाँजि गरेको बताएका छन् ।
नेकपाले एकताको विषयलाई अस्वीकार गर्दै औपचारिक निर्णय नभएको जनाएको छ ।
यता पार्टीका महासचिव विप्लव सीले नयाँ स्वच्छ नेतृत्वसहित देशलाई निकास दिन नयाँ केन्द्र निर्माणको आवश्यकता रहेको जिकिर गरेका छन् ।
नेकपाले आगामी दिनमा पार्टीले स्पष्ट कार्यक्रम र आफ्नै सशक्त नेतृत्वमार्फत नयाँ केन्द्र निर्माण गर्दै अघि बढ्ने बताएको छ । बैठकपछि भनिएको छ- ‘जसले उत्पादन केन्द्रित नेकपाको नयाँ कार्यक्रम र विप्लव सीको नयाँ स्वच्छ नेतृत्वमा देशलाई निकास दिन जोड दियो र यसको लागि नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निमार्णको आवश्यकता औल्यायो ।’
त्यस्तै बैठकले आगामी केन्द्रीय समिति बैठकको मिति तय गरेको छ । जसअनुसार भदौ १४ गते स्थायी कमिटी, १७ गते पोलिटब्युरो र २२ गते केन्द्रीय समितीको बैठक बस्ने निर्णय गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.