एमसीसी परियोजना विरुद्ध साउन ३० गते घोराहीमा जनप्रदर्शन हुँदै

डेली न्युजराप्ती       २८ श्रावण २०८२ १६:५३ मा प्रकाशित     243 No Comments

हेमन्तप्रकाश वली ।
साउन २७,तुलसीपुर ।
एमसीसी परियोजना विरुद्ध दाङको घोराहीमा जनप्रदर्शन हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले एमसीसी घातक परियोजना भएको भन्दै साउन ३० गते देशका मुख्य सहरमा एमसीसी विरुद्ध जनप्रर्दशनको आह्वान गरेको छ ।

देशव्यापी कार्यक्रम अन्तर्गत पार्टीले घोराहीको तुलसीपुर चोकमा विहान ११ वजे एमसीसी परियोजना विरुद्ध बिरोध प्रदर्शन गर्ने जनाएको छ ।

नेकपाले अमेरिकाले केही महिना अगाडि स्थगित गरेको एमसीसी परियोजना नेपालमा पुनः सुरु गर्ने निर्णय गरेकोमा गम्भीर बनाएको भन्दै अमेरिकी साम्राज्यवादी गलत नीति र निर्णयको विरोध गर्न कार्यक्रम गर्न लागिएको स्पष्ट पारेको छ ।
साथै एमसीसी परियोजना विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसंघर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी – कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई पार्टीले अपिल समेत गरेको छ ।

नेकपाले एमसीसी रहेसम्म यसका विरुद्धको देशभक्त जनताको संघर्ष जारी रहने चेतावनी दिएको छ ।

जनप्रदर्शन पछिको सभालाई पार्टीका केन्द्रीय सदस्य सविन सी लगाएतका नेताहरुले सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार