दाङमा थिएटर निर्माण हुँदै

डेली न्युजराप्ती       ६ भाद्र २०८२ ०८:४१ मा प्रकाशित     92 No Comments

दाङ । दाङमा पहल थिएटर निर्माण हुने भएको छ । चलचित्रकर्मी एवं नाट्यकर्मी केएल बुढाथोकीको नेतृत्वमा दाङको घोराहीमा पहल थिएटर निर्माण हुने भएको हो । 

दाङमा दुई दशकअगाडि देखि नाटक मञ्चन परम्परा सुरु भए पनि थिएटर थिएन । थिएटर नहुँदा दाङमा नाटकको विकास हुन सकेको छैन । पहल थिएटर दाङको पहिलो थिएटर हुनेछ । 

“दाङमा नियमित नाटक मञ्चन परम्परालाई अघि बढाउने उद्देश्यसहित थिएटर निर्माण गर्न लागेका हौँ,” बुढाथोकीले भने, “अब दाङलाई नाटकको केन्द्र बन्ने हाम्रो लक्ष्य छ ।” 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार