माओवादी केन्द्रसंग तत्काल एकता हुदैनः प्रकाण्ड सी

डेली न्युजराप्ती       १ श्रावण २०८२ १०:५१ मा प्रकाशित     113 No Comments

३२ असार, बाँके । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले माओवादी केन्द्रसंग रुपान्तरण विना पार्टी एकता तत्काल सम्भव नहुने बताउनु भएको छ ।
नेकपा बाँके जिल्लाका नेता कार्यकर्ताहरुसंगको समीक्षात्मक बैठकलाई मंगलवार कोहलपुरमा सम्वोधन गर्दै नेकपा प्रवक्ता प्रकाण्ड सीले माओवादी केन्द्रसंग रुपान्तरण विना पार्टी एकता तत्काल सम्भव नहुने बताउनु भएको हो ।
‘प्रचण्डको पार्टीमा गुटै गुटको केन्द्र छ, माओवादी पार्टी साँच्चीकै माओवादी जस्तो नभएसम्मको लागि एकता सम्भव हुदैन’ उहाँले भन्नु भयो ।
प्रवक्ता प्रकाण्डले माओवादीसंगको एकता आफ्नो पार्टीका कारणले नभई प्रचण्डकै कारणले एकता नहुने ठाउँमा पुगेको टिप्पणी गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले भन्नु भयो ‘हामी खुल्ला रुपमा भन्न चाहान्छौ अव प्रचण्डसंग एकता हुदैन, एकताको नाममा भ्रममात्र छर्नु हुदैन । प्रचण्ड र उहाँको पार्टी रुपान्तरण हुन तयार देखिदैन, संसदीय व्यवस्थामै रमाउन एकताको कुरा गरेको होईन । हामीले त समाजवादी क्रान्ति गर्ने शर्तमा एकताको कुरा गरेको हो । त्यो ठाउँमा प्रचण्ड र उहाँको पार्टी रुपान्तरण हुनु पर्यो । भविष्यमा परिस्थितिले हुन पनि सक्छ तर तत्काल हुदैन ।’
उहाँले जिल्लामा पार्टीलाई सक्रियताका साथ जनतासम्म पुर्याउन निर्देशन दिनु भयो । नेकपाको उत्पादन क्रान्तिले पार्टी देशभर लोकप्रिय बन्दै गएको भन्दै आफ्नो पार्टीको लोकप्रियतालाई जनतासम्म स्थापित गर्न नेता कार्र्यकर्तालाई आग्रह गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले नेपालमा पुरानो व्यवस्था, पुरानो नेता र पुरानो नीतिले देशको समस्याको समाधान गर्न नसक्ने भन्दै नयाँ समाजवादी व्यवस्था, नयाँ नेतृत्व र नयाँ नीतिले मात्र समस्याको समाधान हुने दाबी गर्नु भयो ।
समिक्षा कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य सुशिल सी, पोलिट व्यूरो सदस्य रक्तिम सी, केन्द्रीय सदस्यहरु नारायण सी, शेखर सी, कल्पना सी, डिसीएस दिपक सी र जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार