सहिद महान स्मृति सञ्चार गृह प्रालीद्वारा सहिद परिवारलाई आर्थिक सहयोग

डेली न्युजराप्ती       ४ भाद्र २०८० २०:५२ मा प्रकाशित     309 No Comments

भदौ ४ , दाङ । सहिद महान स्मृती सञ्चार गृह प्रालीले सहिद परिवारलाइ आर्थिक सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमका बिच तुलसीपुर – ५ मा सञ्चालित सहिद महान स्मृती सञ्चार गृह प्रालिले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (महान) कि पत्नि मालती राणालाइ नगद ५०००/- रुपैयाँ सहयोग गरेको हो ।

एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (महान)को स्मृतिमा सञ्चालित सहिद महान स्मृती सञ्चार गृह प्रालिका अध्यक्ष प्रदिप बहादुर ओलीसहितका व्यक्तिहरूले एक कार्यक्रमका बिच सहिदकि पत्नी मालती राणालाइ आर्थिक सहयोगका लागि बैंक चेक हस्तान्तरण गरेका हुन् ।

सहिद महानको स्मृतिमा सञ्चालित सञ्चार गृह प्रालिद्वारा एक अनलाइन डिजिटल पत्रीका समेत सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार