मधेसी मुक्ति मोर्चा नेपाल राजपुर गाउकमिटीको प्रथम भेला सम्पन्न,अध्यक्षमा सर्जु यादव

डेली न्युजराप्ती       २८ कार्तिक २०७८ १८:४१ मा प्रकाशित     749 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट मधेसी मुक्ती मोर्चा नेपाल दाङ अन्तर्गत राजपुर गाउकमिटीको प्रथम भेला सम्पन्न भएको छ।
मोर्चाको प्रथम भेलाले सर्जु यादवको अध्यक्षतामा १७ सदस्यीय गाउकमिटि निर्वाचित गरेको हो। जसको उपाध्यक्षमा भुपलाल यादव,सचिवमा सहजराम यादव,सह-सचिव हरिलाल यादव र कोषाध्यक्षमा रणबिर हरिजन रहेका छन।

नेपाल कम्युनिस्ट पार्टी दाङका पुर्व इन्चार्ज तथा बिशेष कमिटी सदस्य बिक्रमको प्रमुख आतिथ्यमा भएको भेलामा नेकपा लमही नगर इन्चार्ज जनक,मधेसी मुक्ती मोर्चा नेपाल दाङका संयोजक सुर्य,नेकपा राजपुर गाउपालिका इन्चार्ज उज्ज्वल,नेकपा दाङका जिल्ला कमिटी सदस्य द्वय हरि यादव र रामप्रसाद हरिजनको आतिथ्य रहेको थियो। भेलामा शुभकामना मन्तव्य दिने वक्ताहरुले मोर्चाले मधेसी जनसमुदायहरुको हकहित,अधिकार प्राप्तिको लागि निरन्तर संगठनलाई जुझारु बनाउनुपर्ने धारणा राखेका थिए।
सर्जु यादवको अध्यक्षतामा भएको प्रथम भेलाको संचालन हिमालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार