विप्लवले बनाए समाजवाद मान्ने पार्टीहरुसंग एकता र ध्रुवीकरणका लागि वार्ता टोली

डेली न्युजराप्ती       ३० भाद्र २०८२ २०:४१ मा प्रकाशित     204 No Comments

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रलगायतका क्रान्तिकारी र समाजवाद मान्ने पार्टीहरूसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन गरेको छ ।

भदौ २२ देखि २४ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य रहेको वार्ता समिति गठन गरेको नेता कर्णजित बुढाथोकीले बताए । समितिमा अनिल शर्मा विरही र कर्णजीत बुढाथोकी सदस्य छन् । 

उनले भने, ‘माओवादीले पार्टी बैठकबाट नै नेकपासँग एकता गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रलगायतका कम्युनिस्ट केन्द्र र समाजवाद मान्ने पार्टीहरूसँग एकताको लागि  छलफल गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेका छौँ ।’ 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार