काठमाडौं । नेकपा माओवादीले उत्पादन केन्द्र र सर्वसाधारणको घरमा प्रहरीले छापा मारेकोप्रति आपत्ति जनाएको छ ।

माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्घाखाँचीस्थित सितगङ्गा–११ मा प्रहरीले छापा मारेकोप्रति आपत्ति जनाएको हो ।
‘यस आतङ्कपूर्ण घटनाले हामीलाई गम्भीर बनाएको छ । राज्यको यो दमनकारी हर्कतको पार्टी घोर भर्त्सना गर्छ’, विज्ञप्तिमा भनिएको छ ।
सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने तर अर्कोतिर माओवादी उत्पादन केन्द्र र सर्वसाधारण जनताको घरमा छापा मारेको घटनाले देशलाई द्वन्द्वतिर धकेल्न खोजेको माओवादीले आरोप लगाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.