अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसीपुर उपमहानगर स्तरीय प्रथम सम्मेलन सम्पन्न,अध्यक्षमा प्रेम परियार

डेली न्युजराप्ती       ४ मंसिर २०७८ १९:२३ मा प्रकाशित     646 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगरपालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न भएको छ।

महासंघको प्रथम सम्मेलनले प्रेम परियारको अध्यक्षतामा १९ सदस्यीय तुलसीपुर उपमहानगर कमिटी चयन गरेको हो।जसको उपाध्यक्षमा नुमा परियार,सचिवमा टिकाराम चौधरी,कोषाध्यक्षमा उपेन्द्र कुवरलाई चयन गरिएको हो।
महासंघका केन्द्रीय सचिव डिल्ली वलीको प्रमुख आतिथयमा भएको सम्मेलनमा नेकपा दाङ जिल्ला कमिटी सदस्यहरु बिजय मल्ल,इश्वरी पाण्डे,शिव,भरत लगाएत युवा संगठन नेपाल दाङका सचिव शुदर्शन,अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला कोषाध्यक्ष मेघराज,अखिल नेपाल महिला संघ क्रान्तिकारी तुलसीपुर नगर संयोजक कमला, नेकपा तुलसीपुर-५ का वडा सेक्रेटरी निर्मलको आतिथ्य रहेको थियो।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका उपाध्यक्ष दिनेश नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता प्रेम परियारले गर्नुभएको थियो भने सम्मेलनको सहजीकरण महासंघका दाङ जिल्ला अध्यक्ष सन्जय वलीले गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार