११ माघ, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)प्रति जिल्लामा जनसमर्थन बढन थालेको छ ।
प्रवक्ता प्रकाण्डले जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि,उम्मेदवार तथा सर्वसाधारण जनतासंगको भेटघाट तिव्र बनाएकाले जनसमर्थन बढन थालेको हो ।
उहाँ १८ बर्षपछि निर्वाचनमा भाग लिदै हुनुहुन्छ । कर्णालीकै जनयुद्धको सुरुवात कर्ताको रुपमा चिनिने प्रकाण्ड अहिले राष्ट्रिय नेताको रुपमा स्थापित हुनुहुन्छ ।
उहाँजत्तिको नेता संसदमा पठाउदा कालिकोट र कर्णाली मात्र होईन देशकै लागि ठुलो फाईदा हुने जिल्लावासीहरुले भन्न थालेका छन ।
उत्पीडित जाति र क्षेत्रको हिसावले पनि उहाँ कर्णालीको उच्च नेताको रुपमा परिचित व्यक्ति हुनुहुन्छ ।
देश र जनताको मुद्धाको पक्षमा र विदेशी हस्तक्षेपका विरुद्ध ज्यानलाई हत्केलामा राखेर निरन्तर लड्ने नेताको रुपमा नाम लिदा उहाँको नाम पहिलो स्थानमा आउने गरेको छ ।
एमसीसी सम्झौता देखि माथिल्लो कर्णालीको राष्ट्रघाती सम्झौता विरुद्ध उहाँ निरन्तर लडिरहनु भएको छ ।
प्रकाण्ड कुनै विवादि घटनामा नमुछिएको निश्कलंकित व्यक्तिको रुपमा पनि कालिकोटवासी जनताले बुझेका छन । उहाँको घरबाट दुई दुई भाई जनयुद्धकै क्रममा सहिद भएका छन । सहिद परिवारको हिसावले पनि उहाँको योगदान उच्च छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दिनु भएका प्रकाण्डलाई विस्तारै उम्मेदवारी दिएकाहरुले पनि उम्मेदवारी फिर्ता लिएर समर्थन गरिरहेका छन ।
प्रगतिशील लोकतान्त्रीक पार्टीका धर्मराज न्यौपाने र देशभक्त नेपाल पार्टीका उम्मेदवार प्रेमसिंह तिरुवाले आफ्नो उम्मेदवारी फिर्ता लिदै प्रवक्ता प्रकाण्डलाई समर्थन जनाउनु भएको छ ।
यस्तै प्रवक्ता प्रकाण्डले राष्ट्रिय जनमोर्चाका उम्मेदवार दलसिंह गिरीसंग पनि समर्थनको लागि भेटघाट गर्नु भएको छ ।
जनमोर्चाले समेत सहयोग गर्ने बचन दिएको छ । जिल्लाका विभिन्न बौद्धिक व्यक्तित्व,नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारण जनतासंगको भेटघाट पनि गरिरहनु भएको छ । सबैले यो पटक प्रकाण्डलाई भोट दिएर सहयोग गर्ने बचन दिएका छन ।
जसले गर्दा प्रकाण्डको जनसमर्थन जिल्लामा बढदै गएको छ । प्रवक्ता प्रकाण्डले देशलाई स्वाधीन बनाउन र कालिकोटको तिव्र विकासका लागि पनि एकपटक आफूलाई सहयोग गर्न सार्वजनिक अपिल समेत गर्नु भएको छ ।
उहाँ २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा २७ हजार बढीमत ल्याएर विजयी हुनु भएको थियो ।
प्रवक्ता प्रकाण्ड महिला वालवालिका र पर्यटनमन्त्री हुदा जिल्लामा कोटवाडा एरपोर्टको स्तरउन्नति, कर्णाली राजमार्गको स्तरउन्नति,खुलालु पुलको परिकल्पना गर्दै डिपिआर गराउने लगायतका विभिन्न विकासका कामहरुको सुरुवात गराउनु भएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.