नेकपा (माओवादी)ले तुलसीपुरका ४ वडाको सम्पर्क कार्यालय बिजौरीमा बनायो

डेली न्युजराप्ती       १६ माघ २०८२ १६:०० मा प्रकाशित     613 No Comments

माघ १५,तुलसीपुर ।
विप्लव नेतृत्वको नेकपा (माओवादी) दाङ-२ नं. निर्वाचन क्षेत्र अन्तर्गत तुलसीपुरका ४ वटा वडाको संयुक्त सम्पर्क कार्यालय बिजौरीमा उद्घाटन गरेको छ ।
पार्टीले तुलसीपुर १६,१७,१८ र १९ वडाको चुनावी सम्पर्क कार्यालय तुलसीपुरको बिजौरी बजारमा खोलेको हो ।

नेकपा (माओवादी) दाङ-३ प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार बलबहादुर वली (शितल)को प्रमुख आतिथ्यता , समानुपातिक उम्मेदवार कान्छी चौधरी (जिवनी) , अशोका कुमारी भण्डारी , पार्टीका केन्द्रीय सदस्यहरु , स्थानीय पार्टी कमिटी , जनसमुदायहरुको उपस्थितिमा सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

कार्यक्रममा दाङ-३ का प्रत्यक्ष उम्मेदवार वलीले राष्ट्रिय स्वाधीनताको रक्षा , रोजगारीको ग्यारेन्टी र समाजवादको पक्षमा गुलाव चिन्हमा मतदाननगरी माओवादीलाई बिजयी बनाउन अपिल गर्नुभएको थियो ।

उहाँले संविधानको पुनर्लेखन , राज्यको पुनर्संरचना , अग्राधिकार सहितको संघीय समाजवादी व्यवस्था , भ्रष्टाचारमुक्त देशका लागि माओवादीले लडेकाले जनताले मुद्दा र एजेन्डा हेरेर भोट दिनुपर्ने बताउनुभयो ।

उम्मेदवार वलीले आफ्नो अमुल्य मत दिँदा मतदाताले ध्यान नपुर्याए मुलुकको अस्तित्व समाप्त पार्ने षडयन्त्र भइरहेको समेत जिकिर गर्नुभएको थियो ।

कार्यक्रममा समानुपातिक उम्मेदवार कान्छी चौधरी (जिवनी) र अशोका कुमारी भण्डारीले मन्तव्य सहित प्रतिबद्धताहरु व्यक्त गर्नुभएको हो ।

यस्तै कार्यक्रममा दाङ-२ निर्वाचन परिचालन मुल समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य पाटन जंगलीले चुनावी कार्यक्रम सम्बन्धि मन्तव्य राख्नुभएको थियो ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला सचिव तिलक योगीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार