सरकारद्वारा तीन बुदे सहमती उल्लंघन,कैलालीमा नेकपाका ३ नेता गिरफ्तार

डेली न्युजराप्ती       २१ असार २०७९ ११:४६ मा प्रकाशित     173 No Comments


असार २१,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टीका ३ नेता-कार्यकर्तालाई हिजो कैलालीमा प्रहरी प्रशासनले गिरफ्तार गरेको छ।

तत्कालीन केपि सरकार र नेकपा बिच भएको तिन बुदे सहमति विरुद्ध देउवा सरकारको गृह प्रशासनद्वारा पुर्वाग्रह तथा षड्यन्त्रमुलक ढंगले गरिएको गिरफ्तारी प्रती नेकपा कैलालीले निन्दा एवम भर्त्सना गरेको छ।

नेकपा कैलालीले हिजो एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टीको ऐतिहासिक नवौं महाधिवेशनलाई सफल पार्न र आम श्रमिक जनतालाइ महाधिवेशनको गौरवमय कार्यक्रमसंग जोड्ने उद्देश्य सहित जनभेटघाट तथा छलफलमा बसिरहेको अवस्थामा दलाल सत्ताको शेर बहादुर देउवा गृह प्रशासनद्वारा पुर्वाग्रह तथा षड्यन्त्रमुलक ढंगले युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश बिक,जिल्ला कमिटी सदस्य जय सिंह सुनार र पवन बिष्टलाई गरिएको गिरफ्तारीको घोर निन्दा एवम भर्त्सना गरेको छ।

बिज्ञप्तिमा भनिएको छ, ‘यो गिरफ्तारी तिन बुदे सहमती संग जोडिएको विषय हो। गिरफ्तारीले के संकेत गरेको छ भने देउवा सरकार तीन बुदे सहमती र यसको कार्यान्वयनप्रती छैन बरु बाताबरण उत्तेजित वनाउने तथा सहमतिलाई षड्यन्त्रमुलक ढंगले भाड्न खोज्दैछ। अत: हामी के माग गर्न चाहान्छौ भने तिन बुदे सहमतीको भावनालाई सम्मान गर्दै गिरफ्तार कमरेडहरुलाइ अबिलम्ब रिहाई गरियोस अन्यथा गिरफ्तारीको विरुद्धमा योजनाबद्ध ढंगले प्रतिरोध संघर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछौं।’

प्रेस बिज्ञप्तिको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार