नेपाल कम्युनिस्ट पार्टी बबईको तेस्रो आवधिक योजनाको प्रथम बैठक सकियो , यस्ता छन् निर्णयहरु

डेली न्युजराप्ती       ५ जेष्ठ २०८१ १५:१४ मा प्रकाशित     82 No Comments

जेठ ५ , हापुरे । नेपाल कम्युनिस्ट पार्टी बबई गाउँकमिटीको प्रथम बैठक सम्पन्न भएको छ ।

शनिवार बबई गाउँपालिकाको हापुरेमा पार्टीको तेस्रो आवधिक योजनाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै बैठकका प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले नेपालको कम्युनिस्ट आन्दोलन , माओवादी आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्ने नेकपाले निर्णय गरेको बताए ।

उनले भने – ‘ नेपाली जनताको चाहना नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुनुपर्छ भन्ने छ , त्यो मात्रै होइन नेपालका जनताले माओवादीहरु एकजुट हुनुपर्छ भनिरहेका छन् । हामिले जनताको अपेक्षा पूरा गर्नुपर्छ । हामिले केन्द्रीय समितिको बैठकबाट माओवादी धाराहरुको बिचमा एकता गर्नुपर्छ भनेर आएका छौँ । माओवादीबिचको एकता संसदीय व्यवस्थाको मलजल गर्नलाई होइन बरु अहिलेको संसदीय व्यवस्थाको विकल्पमा समाजवाद स्थापनाका लागि हो ।’

हामिले प्रचण्डहरुको संसदवाद र किरणहरुको जडसुत्रवादको विरुद्ध बिद्रोह गरेर अघि बडेका हौं , उनले थपे ‘ प्रचण्डहरुले भनेजस्तो चुनावको मात्रै कुरा गरिरहने , मन्त्री हुने , यहीँ व्यवस्थाको मलजल गरिरहने होइन र किरणहरुको जस्तो बहिस्कारको मात्रै रटान लगाएर हुदैन । हामिले चुनावलाई कार्यनीति र रणनीतिको बिषय बनाउनु हुँदैन । यतिबेला अमेरिकी साम्राज्यवादले नेपालका कम्युनिस्टहरुलाई चारैतिरबाट सिध्याउने खेल खेलिरहेको बेला नेकपाले कम्युनिस्टहरुको फराकिलो मोर्चा निर्माण गर्न आवश्यक ठानेर सबै ढोकाहरु खोलेका हौं ।’

नेता सविनले नेपालको कम्युनिस्ट आन्दोलन र समाजवादी आन्दोलनको नेतृत्व विप्लवले गर्ने जिकिर गरेका थिए ।

उनले भने, ‘ हाम्रो पार्टीका महासचिव विप्लवलाई नेपाली जनताले एकपटक कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सुझाब दिईरहेका छन् । विप्लवको जोश , जाँगर , इमानदारीता र नैतिकताको लोकप्रियता बढिरहेको छ । यो बेलामा हामिले जनतालाई अभिमत प्रकट गर्ने वातावरणको स्थिती बनाईदिनुपर्छ । यसो भन्दै गर्दा चुनाव मात्रै एकमात्र विकल्प हो भन्दा होइन । ०८४ को निर्वाचनलाई संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा प्रयोग गर्नुपर्छ । हामिले बारम्बार भनिरहेका छौँ कि हामी पटकपटक राजनीतिक धोकाधडी खाएर आएका हौं त्यसैले हामिले धोका के हो बुझेका छौँ । हामी सबै प्रकारले लड्न तयार छौँ तर नेकपाले जनतालाई धोका कहिल्यै दिनेछैन । जनताको सेवा नै हाम्रो राजनीतिक लाईन हो , यो कुरा बुझेर प्रतिक्रियावादीहरुले हाम्रो पार्टीलाई अनेकौं भ्रम सिर्जना गरेर जनताबाट कटाउने रणनीति लिएका छन् ।’

नेता सविनले नेपालको संसदीय व्यवस्था पुर्णरुपले असफल सिद्ध भइसकेको पटकपटक प्रमाणित भइसकेको बेला नेकपाले यसको विकल्पमा नेपाली बिशेषताको समाजवादको प्रस्ताव गरेको समेत स्पष्ट पारेका थिए ।

नेपाली बिशेषताको समाजवादले नै नेपालको राजनीतिक , आर्थिक , सामाजिक , सांस्कृतिक लगाएतका तमाम समस्याहरुको हल हुने जिकिर थियो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सीले जनआधारित पार्टी संगठन निर्माणमा पहल गर्न निर्देशन दिए । उनले भने– ‘ हामिले जनतामा आधारित पार्टी संगठनहरु निर्माणमा ध्यान दिनुपर्छ । नेपाल कम्युनिस्ट पार्टी बाहेक अब अर्को विकल्प नभएको बेला जनताको सुखदुखमा पार्टी सदैब लाग्नुपर्छ । गाउँगाउँमा जनताले हामिलाई खोजिरहेका छन् , अब हामी गाउँगाउँमा पुगि जनताका सबै प्रकारका समस्याहरु समाधान गर्नुपर्छ । जनताको असली सेवक बनेर जनताको सेवा सधै गरिरहनुपर्छ , जनतालाई पनि प्रशिक्षित गरिरहनुपर्छ ।’

यस्तै बैठकमा योजनाको बारेमा बोल्दै पार्टीका जिल्ला सचिव तिलक सीले संगठनमा बिशेष ध्यान दिन निर्देशन दिए ।

हामिले संगठनलाई बिशेष ध्यान दिन जरुरी छ , उनले भने– ‘  हाम्रो पार्टी संगठन कमजोर भएको छैन , हुनेपनी छैन । यो पार्टीमा श्रमजीवी जनताको अगाध बिश्वास रहेको छ तर हामिले हाम्रो पार्टीलाई अझै विशाल बनाउन जरुरी छ । हाम्रो पार्टी नेपाली जनतालाई दलाल पुजीवादी सत्ताको चंगुलबाट मुक्त गर्नुपर्ने अभिभारा बोकेको पार्टी हो , त्यसकारण हामिले संगठनलाई जुझारु र व्यवस्थित गर्न जरुरी भएको छ । अब यो देशको नेतृत्व हाम्रो पार्टीले गर्नुपर्ने बेला आएको छ । अब पार्टी संगठनलाई सुदृढ गर्दै समाजवादका लागि सबै मोर्चाहरु खुल्ला गर्नुपर्छ ।’

नेकपा बबईको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले पार्टीका सबै तहका कमिटीहरु गठन / पुनर्गठन गर्ने , पालिकामा संगठन सुदृढ एवम बिस्तार अभियान चलाउने , जनभेटघाट अभियान सञ्चालन गर्ने , उत्पादन कार्यलाई अनिवार्य एवम व्यवस्थित गर्ने , समाजवादका लागि प्रचारप्रसार तथा वालिङ गर्ने , सामाजिक विकृती एवम विसंगतीका विरुद्ध संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने लगाएतका निर्णयहरु गरेको जानकारी दिइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम पार्टीका दाङ जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ का इन्चार्ज प्रदिप सी , पार्टीका दाङ जिल्ला सेक्रेटरी तिलक सी , जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश संयोजक हेमन्त प्रकाश वली , पार्टीका दाङ जिल्ला सल्लाहकार समितिका सदस्य दोबाराम सी लगाएतको आतिथ्य रहेको थियो ।

बैठकको अध्यक्षता एवम सञ्चालन गाउँकमिटीका इन्चार्ज उज्वल सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार