नेकपा अछामको जिल्ला सम्मेलन भाद्र१३ गते हुने

डेली न्युजराप्ती       ११ श्रावण २०७९ ०८:३० मा प्रकाशित     460 No Comments


अछाम । नेपाल कम्युनिस्ट पार्टी अछामको जिल्ला सम्मेलन आगामी भाद्र १३ गते जिल्ला सदरमुकाम मङ्गलसेनमा हुने निर्णय भएको छ।मङ्गलबार जिल्लाको ठाटीखादमा बसेको पार्टी जिल्ला कमिटिको २२औ समिक्षात्मक पुर्ण बैठकले यस्तो निर्णय गरेको हो।रास्ट्रघात तथा जनघातका विरुद्द देशभक्त , वामपन्थी र कम्युनिस्टहरुको संयुक्त आन्दोलन !बैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ अछाम जिल्लाको तेस्रो जिल्ला सम्मेलन !!भन्ने मुल नारा तय गर्दै जिल्ला सेक्रेटरी मिना धामी(सरीता)को अध्यक्षता तथा सञ्चालन सहित भएको २२ औ बैठकले पार्टीको नवौं महाधिवेशनलाई सफल पार्न जिल्लामा राजनीतिक , आर्थिक , संगठनात्मक र प्रचारका कामलाई घनिभुत पार्ने , बिकास निर्माणका नाममा भैरहेका कमिसन , भ्रस्टाचारविरुद्ध जनपरिचालन र जनसंघर्स गर्ने र एमसीसी , एसपिपी , महङ्गी विरुद्ध जनताको विचमा जागरण पैदा गर्न अन्तरक्रीया गर्दै विद्यमान संसदिय दलाल व्यवस्थाको भण्डाफोर र समाजवादी राजसत्ता निर्माणका लागि एकीकृत क्रान्तिको कार्यदिशालाई जनतासङ्ग जोड्ने निर्णय समेत गरेको कुरा जिल्ला सचिवालय सदस्य निरक शाहिले डेलिन्युजराप्तीलाई जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार