स्वर्गद्वारी प्युठान पाचौं महोत्सव २०७९ नरोके कठोर संघर्ष बाध्य हुने नेकपाको चेतावनी !

डेली न्युजराप्ती       २९ माघ २०७९ २१:०३ मा प्रकाशित     279 No Comments

माघ २९ / दाङ । नेपाल कम्युनिस्ट पार्टी प्युठानले स्वर्गद्वारी प्युठान पाचौं महोत्सव २०७९ रोक्न आग्रह गरेको छ ।
नेकपा प्युठानका सेक्रेटरी परिवर्तन सीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै महोत्सव मुल आयोजक समिती र प्युठान उधोग बाणिज्य संघलाइ आग्रह गरेको हो ।

बिज्ञप्तिमा यस अघिका प्युठान महोत्सवहरुमा पार्टीले नेपाल बन्द तथा प्युठान बन्द सम्मको कार्यक्रम रहदासम्म महोत्सवलाई अबरोध नहुने गरि बन्दका कार्यक्रमहरु प्युठानमा फिर्ता लिइ महोत्सवलाई सहयोग गरेको इतिहास साक्षी रहेको जनाएको छ ।

साथै बिज्ञप्तिमा भनिएको छ– ‘ कृषि , पर्यटन , उधोग र व्यापार : राष्ट्र निर्माणको बलियो आधार वा लुम्बिनी प्रदेश स्तरीय कृषि , पर्यटन , उर्जा तथा औधोगिक ,व्यापार मेला जे जे फगत नाम दिएपनी मुल आयोजक समिती र केही बिचौलिया मोटाउने र हिसाब किताबमा आशिंक घाटा वा थोरै बचत भन्ने बाहेक अरु केही प्रगती नभएको तथ्य पनि दिनको घाम जत्तिकै छर्लङ्ग छ । दिनप्रतिदिन बढ्दै गएको आर्थिक मन्दी यो समयमा जिल्लाको पुजी पलायन , विकृती , विसंगती , अस्ल्लितता र फिरंगी सभ्यता भित्र्याइनुलाई पक्कै राम्रो मान्न सकिँदैन । त्यसैले जिल्लाका राजनीतिक दल, उधोग , व्यवसायी , कृषक , बुद्दिजिवी र आम प्युठानबासिले साचिक्कै अपनत्व लिने अवस्था नहुदासम्म यस्ता खाले कथित महोत्सव संचालन नगर्न मुल आयोजक समिती र र प्युठान उधोग बाणिज्य संघलाइ हाम्रो पार्टी बिनम्र अनुरोध गर्दछु । अन्यथा कठोर संघर्ष गरि महोत्सव प्रभावित पार्नसम्म पार्टी बाध्य हुनेछ । यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मेवार आयोजक स्वयं हुने पनि जानकारी गराउदछौ ।

प्रेस बिज्ञप्तिको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार