काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले कीर्तिपुरको विवादित घर कब्जामा लिएको छ । कीर्तिपुरको बाहिरीगाउँमा रहेको पुरानो घरको स्वामित्व विवाद सतहमा आएपछि विप्लव नेतृत्वको नेकपा कीर्तिपुरले उक्त घरमा झण्डा गाड्दै कब्जामा लिएको हो ।
२० वर्षअघिको लेनदेन विवाद अन्ततः मुद्दामा गएपछि असार १ गतेको सर्वोच्चको फैसलाअनुसार प्रहरी प्रशासनसहित घर खाली गराउन आएको थियो । पुरानो घर ७ लाख ५० हजारमा बेचेर अर्को घर वा जग्गा किन्ने योजनाका साथ किशोर महर्जनले टोलकै मधुसुदन श्रेष्ठलाई पूरा रकम नपाई पास गरिदिएका थिए ।
श्रेष्ठले काटेको १ लाख ९० हजार चेक वर्षदिनसम्म पनि नसादिएपछि अर्को ठाउँमा किन्ने भनेको जग्गा किन्न पाएका थिएनन् । किशोरले न घर बेच्दा आएको पैसाले अर्को ठाउँमा मिल्ने भाऊमा आएको घर पनि किन्न सकेन्न । मधुसुदन हाल अमेरिकामा छन्, उनका भाइहरूले वारेसनामा लिई अदालतमा मुद्दामा गई मुद्दा जितेपछि सर्वोच्चले ७ दिनभित्र घर खाली गरिदिनु भनी आदेश दिएको थियो ।
उता पुनरावेदनमा गएका किशोरको मुद्दा साउन १९ गते पेशी स्थगित भए । विवाद बढ्दै जाने क्रममा केही दिनअघि नेकपाले उक्त घरमा सम्पर्क कार्यालय राखेको छ । महर्जन अहिले त्यही घरमा बस्दै आएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.