नेकपाका पुर्व केन्द्रीय सदस्य बिश्वका दिवंगत बुवाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       २० कार्तिक २०७९ २०:२० मा प्रकाशित     269 No Comments

कार्तिक २०, तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका पुर्व केन्द्रीय सदस्य डिल्लीराज आचार्य (विश्व) का दिवंगत बुवा ऋषेश्वर उपाध्यायको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरी स्मृतिटोल निवासी दिवंगत ऋषेश्वर उपाध्यायको कार्तिक ८ गते ८४ वर्षको उमेरमा दुखद निधन भएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीले शोक मन्तव्य राख्दै आदरणीय बुवा ऋषेश्वर उपाध्यायको निधनले आफ्नो पार्टीलाई स्तब्ध एवम मर्माहत बनाएको बताउनुभएको थियो । उहाँले भन्नुभयो – ‘ मृतक बुवा ऋषेश्वर उपाध्याय एकजना महान बुवा हुनुहुन्थ्यो । आफ्ना होनहार छोराहरुलाइ मुक्ती आन्दोलनमा सहभागी हुन प्रेरित गर्ने र वर्गसंघर्षमा विभिन्न ढंगले सहयोग गर्ने बुवा हाम्रो लागि महान हुनुहुन्थ्यो । हामी बुवाको निधनले स्तब्ध छौँ , बुवाले देखेको सपना,उहाँका छोराहरुले हिडेको मुक्तीको बाटोमा सदैव लम्किरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

नेता शितल सीले दिवंगत बुवाप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गर्नुभएको थियो ।

दिवंगत ऋषेश्वर उपाध्यायको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा आफन्तजन , इस्टमित्र लगाएतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु सविन सी , बिक्रम सी , प्रदिप सी , पार्टीका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज विकाश सी , उपमहानगर कमिटीका सेक्रेटरी बिजय सी , पार्टीका जिल्ला कमिटीका सदस्यहरु धर्ती सी ,शिव सी , युवा संगठन नेपालका जिल्ला अध्यक्ष सुदर्शन सी , अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य अनिल सी लगाएतले दिवंगत बुवा ऋषेश्वर उपाध्यायप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

दिवंगत ऋषेश्वर उपाध्यायका छोरा नेकपाका पुर्व केन्द्रीय सदस्य डिल्लीराज आचार्य (विश्व)को अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार