तुलसीपुरमा अपराधले सिमा नाघ्यो, गएराती पनि धारिलो हतियार प्रहारबाट दुईजना गम्भीर घाइते

डेली न्युजराप्ती       ५ पुष २०८१ ०७:४२ मा प्रकाशित     123 No Comments

दाङ। दाङमा ग्रासी प्रहारबाट दुई जना गम्भीर घाइते भएको छन् । गएराती १० बजे तुलसीपुर उपमहानगरपालिका-१८ माल बिजौरीस्थित प्रचण्ड किराना पसलमा सामान किन्न आएका दुई जना व्यक्तिलाई मासु काट्ने ग्रासी प्रहार गर्दा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।

घाइते हुनेहरुमा तुलसीपुर-७ का ३० वर्षीय सुरेश रसाइली र सोही स्थानका २८ वर्षीय सुरज पुन रहेका छन्। सुरेशको बायाँ कानको छेउमा गहिरो चोट लागेको छ भने सुरजको बायाँ हात भाँचिएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि दुबैलाई थप उपचारका लागि नेपालगञ्जको नर्सिङ होममा रिफर गरिएको अस्पताललाई उद्धत गर्दै डिएसपी ठकुरीले बताए ।

प्रत्यक्षदर्शीका अनुसार घटनाको बेला सुरेश र सुरज प्रचण्ड किराना पसलमा सामान किन्न गएका थिए। यही क्रममा तुलसीपुर-१८ बिजौरीका स्थानीय अन्दाजी ३०/३२ वर्षिय प्रकाश चौधरी, ३०/३१ वर्षिय सन्दीप चौधरी र ३०/३१ वर्षिय रेशम चौधरीले एक्कासी ग्रासीले आक्रमण गरेका थिए।

घटनापछि आक्रमणकारीहरू फरार छन्। प्रहरीले उनीहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार