संसदीय निर्वाचन विरुद्ध नेकपासहित ३ कम्युनिस्ट पार्टीद्वारा भोलि शान्तिवाटिकामा भण्डाफोर सभा

डेली न्युजराप्ती       २३ कार्तिक २०७९ २१:१३ मा प्रकाशित     268 No Comments

कार्तिक २३ ,दाङ । आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन विरुद्ध भोलि २४ गते काठमाडौमा भण्डाफोर सभाको आयोजना गरिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , आहुती नेतृत्व वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषि कट्टेल नेतृत्वको नेकपाको संयुक्त आयोजनामा भोलि १२ बजे काठमाडौंको शान्तिवाटिकामा भण्डाफोर सभाको आयोजना गरिएको हो ।

आगामी मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेजीका लागि संघर्षरत तिन कम्युनिस्ट पार्टीका नेताहरुले सभालाइ सम्बोधन गर्ने जनाइएको छ ।
दलाल पूँजीवादी संसदीय व्यवस्थाको मंसिर ४ को निर्वाचन खारेजी प्रदर्शन र सभामा उपस्थितिका लागि ३ कम्युनिस्ट पार्टीहरुले अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार