काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका राजनीतिक गोलचक्कर यथास्थितिलाई अन्त्य गर्न विचारको नयाँ संश्लेषण आवश्यक रहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्न मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै महासचिव विप्लवले पार्टीको छैटौं केन्द्रीय समिति बैठकले नेपाली कम्युनिस्ट आन्दाेलनकाे समिक्षा गर्दै पार्टीले कार्यदिशामा विचारको नयाँ संश्लेषण गरेको बताए ।
नेपालमा नवउदारवादी अर्थतन्त्र र त्यससँग जोडिएको दलाल पुँजीवादले जरा गाडेकोले देश परनिर्भर भएको उल्लेख गर्दै उनले परनिर्भरता अन्त्य गर्न नयाँ आत्मनिर्भर अर्थतन्त्रकाे लागि नयाँ आर्थिक मार्गकाे नीति पार्टीले ल्याएको दाबी गरे ।
उनले नेपालको अर्थतन्त्र आकाशबेली जस्तो भएको र जरा विनाको अर्थतन्त्र भएकोले आत्मनिर्भर अर्थतन्त्रको बलियो खम्बाका लागि नयाँ आर्थिक मार्गकाे नीति पार्टीले ल्याएको बताए ।
उनले भने, ‘जताबाट आउँछ उतै फर्किने नेपालको अर्थतन्त्र भयो, यसको जरा छैन, यो आकाशबेली जस्तो भयो, यसलाई नयाँ आर्थिक मार्गले समाधन दिनु पर्छ ।’ महासचिव विप्लवले नेपालकै माटो, साधन र श्रोत प्रयोग गरेर आत्मनिर्भर हुँदै समृद्धितिर जाने अर्थतन्त्र नेपालमा आवश्यक रहेको जिकिर गरे । महासचिव विप्लवले त्यसका लागि नेपालमा दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरी नेपाली विशेषताको समाजवाद अनिवार्य भएको ठाकुवा गरे ।
पत्रकार सम्मेलन कार्यक्रमकाे सञ्चालन पार्टी प्रवक्ता प्रकाण्ड सीले गरेका थिए । कार्यक्रममा स्थायी समिति सदस्यहरुसहितकाे उपस्थिति थियो ।
गत मंसिर २७ देखि पौष २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा सम्पन्न केन्द्रीय समिति बैठकले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ । त्यसका लागि पार्टीले सुव्यवस्थित बहस र अन्तरक्रिया गर्दै विशेष अधिवेशनको आयोजना गर्ने निर्णय गरेको छ ।
यस्तै देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको छ । अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रीय समिति, जबस मोर्चाका नेता, सामना सांस्कृतिक परिवारसहितको टोली सहभागी बन्ने बताइएको छ ।
यस्तै आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनमा वितरित बैठकका निर्णयहरुसहितकाे प्रेस वक्तव्यकाे पूरा पाठ-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.