कार्तिक ३०, दाङ । नेपाल कम्युनिस्ट पार्टी चितवनले चितवन क्षेत्र नं.२ बाट कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठलाई सांकेतिक कारवाही गरेको जनाएको छ ।
नेकपा चितवनका सेक्रेटरी रुद्र सीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उम्मेदवार श्रेष्ठको गाडिमाथी सांकेतिक कार्वाही गरेको उल्लेख गरेको छन।
बिज्ञप्तिमा राष्ट्रघाती एमसिसी सम्झौता पास गर्न अग्रपंक्तिमा भुमिका खेलेकाले सांकेतिक कारवाही गरिएको नेकपा चितवनले जनाएको छ ।
साथै बिज्ञप्तिमा भनिएको छ – ‘एमसिसि पास गर्न भूमिका खेलेकोमा साङ्केतिक कारवाही गरिएकाे हाे । यसलाई लागू गर्न सक्रिय नभएमा थप कार्वाही गरिने यसै विज्ञप्ति मार्फत जानकारी गराउँन चाहान्छौं ।’
यस्तै नेकपाले चितवन क्षेत्र नं.२मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठलाई कारवाही गर्नुका ७ कारण बिज्ञप्तिमा उल्लेख गरेको छ ।
राष्ट्रघाति एमसीसी पास गर्न अग्रपंक्तिमा रहि भूमिका खेलेको , राष्ट्रघाती नागिरता विधेयकको पक्षमा ओकालत गरेकाे , दलाल पूँजीवादको मतियार बनेको , शैक्षिक माफियाको रुपमा निरन्तर क्रियाशील हुँदै आएको , आफ्नै संसद विकाश काेषको दुरुपयाेग गर्दा पनि मुखदर्शक बनेकाे , अर्बाैं काे अवैध सम्पत्ति थुपारेकाे , जनता र आफ्नै पार्टीको व्यापक विराेधकाे बावजुत भू – माफिया तथा दलालसँग मिलि कमिसनकाे जालाे निर्माण गरेको लगाएतका कारणसहित कारवाही गरिएको नेकपाले बिज्ञप्तिमा स्पष्ट पारेको छ ।
प्रेस बिज्ञप्तिको पुरापाठ:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.