CTEVT ले वृद्धि गरेको शुल्क तत्काल फिर्ता नलिए कडा संघर्ष गर्छौं: प्रकाश सी

डेली न्युजराप्ती       १ श्रावण २०८० २१:३८ मा प्रकाशित     138 No Comments

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश सी ले CTEVT ले स्वास्थ्य तर्फका कार्यक्रममा चालु शैक्षिक सत्रबाट लागू हुने गरि वृद्धि गरेको शुल्क तत्काल फिर्ता नलिए कडा संघर्ष गर्ने चेतावनी दिएका छ्न।

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा आज भक्तपुर स्थित CTEVT को केन्द्रीय कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रकाश सीले शैक्षिक दलाल तथा माफिया हरु संगको मिलोमतोमा CTEVT प्रशासनले शुल्क वृद्धि गरेको र यसले श्रमजीवी जनताका छोराछोरीको पठनपाठनमा ठुलो आर्थिक समस्या हुने भन्दै शुल्क वृद्धि फिर्ता लिन आग्रह गरे।

बर्षौ देखी CTEVT मा ठुलो भ्रष्टाचार र अनियमितता भैरहेको भन्दै त्यसका विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताए ।साथै अध्यक्ष प्रकाश सी ले CTEVT मा बसेर गैरजिम्मेवार कार्य गर्ने पदाधिकारी लगायत सबैले राजीनामा दिनु पर्ने बताए ।

CTEVT ले यो शैक्षिक बर्षदेखि नर्सिङको लागि ३२%,सामान्य चिकित्साको २८%,फार्मेसीको लागि २६% शुल्क वृद्धि गरेको छ।
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले शुल्क वृद्धि खारेजीको निम्ति चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

शुल्क वृद्धि विरुद्ध क्रान्तिकारीद्वारा जारी संघर्षका कार्यक्रम अनुसार असार ३१ गते माग पत्र पेस गर्ने,साउन १ गते CTEVT कार्यालयमा घेराउ ,साउन २ गते CTEVT को कार्यालयमा पदाधिकारीलाई प्रवेश निषेध र साउन ३ गते CTEVT केन्द्रीय कार्यालय र प्रदेश कार्यालयहरुमा तालाबन्दी गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार