प्रचण्ड-केपी गठबन्धन रातारात भत्कियो,कांग्रेस-एमाले नयाँ समीकरणमा ओली प्रधानमन्त्री बन्ने

डेली न्युजराप्ती       १९ असार २०८१ ०६:०९ मा प्रकाशित     59 No Comments

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन् ।ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् । सोमबार नै सहमति गर्ने एक नेताले जानकारी दिए।

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।

दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार