क्रिकेटर सन्दिप लामिछानेले प्रहरी समक्ष आत्मसमर्पण गर्ने, हतकडी नलगाउन सन्दिपको आग्रह

डेली न्युजराप्ती       २० आश्विन २०७९ ०९:५९ मा प्रकाशित     137 No Comments

काठमाडौ,२० असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछाने आज बिहान १० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्नेभएपछि नेपाल प्रहरीले पक्राउको तयारी गरेको छ ।नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार अनुसन्धानमा खटिएको प्रहरी टोलीले लामिछानेलाई नियन्त्रणमा लिनेछ । सन्दिपले आफूले आत्मसमर्ण गर्न लागेकाले विमानस्थलबाट नियन्त्रणमा लिँदा हतकडी नलगाउन प्रहरीलाई पठाएको चिठीमा उल्लेख गरिएको स्रोतको भनाइ छ ।प्रहरी प्रवक्ता राईले भन्नुभयो, ‘हतकडी कुनै अभियोगमा समातिएका व्यक्ति वा सजाए पाएका कैदीलाई माग्न नपावस् भन्नका लागि लगाइने हो । उनले आत्मसमर्पण गर्छु भनेकाले नलगाउन पनि सकिन्छ ।

’यद्यपी हतकडी लगाउने वा नलगाउने भन्ने बारेमा अनुसन्धान गरिरहेको अधिकृतले निर्णय गर्ने उहाँले जानकारी दिनुभयो । सन्दिपमाथि एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध प्रहरीमा भदौ २१ गते जबरजस्ती करणीको जाहेरी परेको थियो । प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि सन्दीपलाई नेपाल क्रिकेट सङ्घले नेपाली क्रिकेटको कप्तानबाट निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार