नेकपा मकवानपुरद्वारा उम्मेदवार इन्द्रबहादुर बानियाको गाडीमा तोडफोड ,कार्वाही कारण यस्ता छन!

डेली न्युजराप्ती       २ मंसिर २०७९ १५:२३ मा प्रकाशित     353 No Comments

नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले उम्मेदवार इन्द्र बहादुर बानिया चढेको गाडि हेटौंडा -१९ दालिमटार पूर्व पश्चिम राजमार्ग सडकखण्डमा तोडफोड गरि सांकेतिक कारबाही गरेको छ ।

नेकपा जिल्ला सचिव उदिप सि ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मकवानपुर जिल्लामा कथित उम्मेदवार मध्य भ्रष्ट, राजनीतिक दलाल, ठेकेदार, जनतामा झुटो अश्वासन दिने ठक, गुन्डागर्दीको नाइके समेत रहेको संघ २ को (ख) उम्मेदवार इन्द्रबहादुर बानिया चढेको गाडि हेटौंडा -१९ दालिमटार पूर्व पश्चिम राजमार्ग सडकखण्डमा तोडफोड गरि सांकेतिक कारबाही गरिएको जनसमुदाय र संचारमाध्यमहरुमा जानकारी गर्दछौँ ।’

इन्द्र बहादुर बानियालाई करबाही किन ? शिर्षकमा,’भ्रष्ट र ठेकेदार भएको, राजनीतिक दलाल भएको, बजेट ठेक्काको काममा कमिसनखोरि काम गरेको, जनतामा बिकासको नाममा झुटको खेति गरेको, राजनीतिक सरक्षणमा गुन्डागर्दी संचालन गरेको, परेवाभिरको बाटो समयमा पुरा नगरेको, मनहरी – १,२,३,४ को खहरेबाटो पक्कीपुलको काम समयमा नगरेको, राक्सिराङ -४ गिङुखानिमा प्रशासन र गुण्डागर्दि प्रयोग गरि खानि संचालन गरेको, गिङुखानिमा स्थानिय जनताको मुवाब्जाबिना र अदालतको निर्णय बिपरित खानि संचालन गरेको, जनताको हितबिपरित सिबम खानिको ढुङ्गा उत्खनन गरि ढुवानी गरेको, चुनावको लागि पैसा खर्च गरेर मतदाता खरिद गरेको विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार