कांग्रेस , एमाले र माओवादी केन्द्र परित्याग गरी दर्जनौं नेताहरु नेकपा प्रवेश

डेली न्युजराप्ती       २२ श्रावण २०८० ०७:१४ मा प्रकाशित     183 No Comments

गणेश एसके
कञ्चनपुर: नेपाल कम्युनिस्टमा विभिन्न पार्टी परित्याग गरी दर्जनाैं मान्छे प्रवेश गरेका छन् ।

आइतबार नेकपा कञ्चनपुर जिल्ला समितिद्वारा आयोजित संगठन विस्तार तथा ध्रुवीकरण अभियान अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिकामा नेताहरुले पार्टीमा प्रवेश गरेको नेकपाले बताएको छ ।

नेकपा एमालेबाट राजाराम रानाको नेतृत्वमा १ दर्जन बढी, नेपाली कांग्रेसबाट घुम्मन् चौधरीको नेतृत्वमा झण्डै १ दर्जन र नेकपा माओवादी केन्द्रबाट मान बहादुर विकको नेतृत्वमा ५ दर्जन बढी नगर र वडा स्तरीय नेता कार्यकर्ताले पार्टीमा समाहित भएको नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सीले बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी इन्चार्ज विराटले पार्टीले कुनै पनि हालतमा संसदीय व्यवस्था स्वीकार गरेर नजाने बताएका छन् । ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेता विराटले वर्तमान संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको यसको समाधान जनताको नेतृत्व गर्ने सत्ता वैज्ञानिक समाजवाद रहेको उनको दाबी छ ।

ध्रुविकरण कार्यक्रममा नेकपा महाकाली ब्युरो सचिव वीरेन्द्र सी, नेकपा कञ्चनपुर सचिव दिवार सी लगायतको जिल्ला नेताकार्यकर्ता र जवसका नेताहरूको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार