अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको अध्यक्षमा धनु , युवा संगठन नेपालमा पनि नयाँ नेतृत्व!

डेली न्युजराप्ती       १२ पुष २०७९ ०७:५८ मा प्रकाशित     242 No Comments

रुकुम पश्चिम: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) रुकुम पश्चिमको अध्यक्षमा धनु ओली निर्वाचित हुनुभएको छ । हिजो सोमबार मुसिकोटमा भएको २८ औं जिल्ला सम्मेलनबाट ओली सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सम्मेलनले ओलीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ । जसको उपाध्यक्षमा राकेश बिक, सचिवमा पूर्ण केसी, सह सचिवमा रिया महर र कोषाध्यक्षमा हेमन्त शर्मा रहनुभएको छ । सम्मेलनको अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव ललित बिकले उद्घाटन गर्नुभएको थियो ।

त्यस्तै सम्मेलनमा युवा संगठनका केन्द्रीय कोषाध्यक्ष विश्लेषण, पार्टी केन्द्रीय सदस्य सबिन पोख्रेल र चन्द्र बुढा, अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञान रावत, संगठनका केन्द्रीय सचिवालय सदस्य हरि पुन, युवा संगठन नेपालका केन्द्रीय सदस्य विवेक विश्वकर्मा लगायतको आतिथ्य रहेको थियो ।

यता सोमबार नै सम्पन्न युवा संगठन नेपालको भेलाले महेश बस्नेतको अध्यक्षतामा २१ सदस्यीय युवा संगठन नेपालको नयाँ कमिटि चयन गरेको बताईएको छ । जसको उपाध्यक्षमा राजकुमार बिष्ट, सचिवमा तिलक घर्ती, सहसचिवमा प्रतिभा पौडेल र कोषाध्यक्षमा प्रकाश शाही चयन हुनुभएको जिल्ला अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार