हेमन्त प्रकाश वली ।
माघ १९/ दाङ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ जिल्लाको प्रथम बैठक सम्पन्न भएको छ ।
बिहिवार तुलसीपुरमा सम्पन्न प्रथम बैठकले निर्मल सीलाई सेक्रेटरीमा चयन गर्दै ३४ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गरेको छ ।
यस्तै बैठकले स्थानीय पालिकाको इन्चार्ज / सेक्रेटरी र सबै वडाहरुमा पनि नयाँ नेतृत्व निर्माण गरेको छ । यस्तै बैठकले पालिका स्तरमा प्रशिक्षण कार्यक्रम गर्ने , वैज्ञानिक समाजवादका अवधारणाहरु जनतामा व्यापक प्रचारप्रसार गर्ने , मिटरव्याज , चर्को व्याज , भ्रष्टाचार , महंगी , कालोबजारी , लघुवित्त विरुद्ध भण्डाफोर तथा प्रदर्शन गर्ने , राष्ट्रघाती एमसिसी विरुद्ध संघर्ष गर्ने , राज्यलाइ कर नतिर्ने एनसेलको सिम र रिचार्ज कार्ड बिक्रीवितरण कार्य बन्द गर्न क्रियात्मक कार्यक्रम गर्ने , भारतबाट आउने तरकारी , फलफुलको गुणस्तरीय परिक्षण (क्वारेन्टाइन) मा राख्नको लागि शसक्त आन्दोलन गर्ने ,समाजवादी जनसत्ता घोषणा गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले फागुन १ गते बिबिध कार्यक्रमको आयोजना गरि जनयुद्ध दिवस मनाउने , सहिद सप्ताहमा सहिद परिवार अभिनन्दन कार्यक्रम गर्ने , सहिद परिवार , वेपत्ता परिवार र घाइते योद्धाहरुसंग भेटघाट गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको नेकपाले जनाएको छ ।
यस्तै प्रथम पुर्ण बैठकले विभिन्न बिभागहरु समेत गठन गरेको छ । बैठकले आर्थिक बिभाग ,सूचना/संचार/प्रकाशन बिभाग , उत्पादन तथा सहकारी बिभाग , न्याय बिभाग गठन गरेको जनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ जिल्लाको प्रथम बैठकले बबई गाउँपालिकाको इन्चार्जमा उज्ज्वल सी र सेक्रेटरी रण बहादुर सीलाई जिम्मेवारी दिएको छ । यस्तै शान्तिनगर गाउँपालिकाको इन्चार्जमा सुधार , सेक्रेटरीमा प्रेम , दंगिशरण गाउँपालिकामा रेशम सी र तुलसीपुर उपमहानगरपालिकाको इन्चार्जमा बिजय सी र सेक्रेटरीमा शिव सीलाई जिम्मेवारी दिइएको नेकपा पश्चिम् दाङले जानकारी दिएको छ ।
नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपा केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सी , नेकपा केन्द्रीय सदस्य एवम दाङ पश्चिम जिल्ला इन्चार्ज प्रदिप सी , नेकपा केन्द्रीय सल्लाहकार समिति सदस्य सुन्दर सी , नेकपा केन्द्रीय प्रतिनिधि समिती सदस्य तथा ब्युरो सचिव विकाश सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कर्णाली प्रदेश इन्चार्ज संजय सी , राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य नर बहादुर सी , नेकपा रोल्पा जिल्ला सेक्रेटरी सन्दिप सीको आतिथ्य रहेको थियो ।
नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ जिल्लाको प्रथम बैठकको अध्यक्षता तथा संचालन पश्चिम दाङ जिल्लाका सेक्रेटरी निर्मल सीले गर्नुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.