तुलसीपुर । राप्ती बबई क्याम्पसको चरम लापरवाहीका कारण स्ववियु निर्वाचनको मतदान रोकिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी समिर खानको गोजीमा २३ जना विद्यार्थीको परिचयपत्र भेटिएपछि मतदान रोकिएको हो । समिर खान नेविसङ्घबाट विद्रोही उम्मेदवार बनेका स्वतन्त्र विद्यार्थी सम्वद्ध विद्यार्थी भएको बुझिएको छ । क्याम्पस प्रशासनको मिलोमतोमा सयौँ विद्यार्थीहरूको परिचयपत्र हराउनु र एउटै विद्यार्थीसँग २३ जनाको परिचयपत्र भेटिनुले सो कुरालाई पुष्टि गरेको विद्यार्थी नेता रविन वलीले बताउनुभयो । जसका कारण मतदान गर्न टाढाटाढाबाट क्याम्पसको गेटसम्म पुगेका विद्यार्थीहरु भोट नहालेर फर्किएका बाध्य भएका छन् । स्ववियु निर्वाचनलाई लक्षित गरेर तयार गरिएका विद्यार्थीका परिचयपत्र हराएपछि क्याम्पस प्रशासन संकाको घेरामा परेको हो ।
क्याम्पसले विद्यार्थीलाई परिचयपत्र दिँदा अनिवार्य रुपमा सम्बन्धित विद्यार्थीको हस्ताक्षर बनाएर मात्र दिने गरेको थियो । तर एउटै विद्यार्थीसँग २३ जना विद्यार्थीको परिचय पत्र भेटिनु र मतदान गर्न आएका सयौँ विद्यार्थीहरू आफ्नो परिचयपत्र नभेटाएर मतदानबाट बञ्चित हुनुले क्याम्पस प्रशासनको मिलोमतोमा गम्भिर त्रुटी भएको विद्यार्थी नेता वलीले बताउनुभयो । यता क्याम्पस प्रमुख युवराज रावत र स्ववियु निर्वाचन अधिकृत टेकन कँडेलसँग बुझन बारम्बार फोन गर्दा फोन उठेन ।
विद्यार्थी सङ्गठनहरूले निर्वाचन अधिकृत कँडेल र क्याम्पस प्रमुख रावत, निर्वाचन प्रति गम्भिर नबन्दा अक्षम्य त्रुटि भएको बताएका छन् । बिहान ८ बजेबाट सुरु भएको मतदान दिउसो पौने २ बजे रोकिएको थियो । २४३३ जना मतदाता संख्या रहेको क्याम्पसमा ५३३ जना मतदाताले भोट खसालेका छन् । यो समाचार तयार पार्दासम्म विवाद मिलाउन काँग्रेस, एमाले, माओवादी, नेपाल कम्युनिष्ट पार्टी र विद्यार्थी सङ्गठनका नेताहरूबीच भएको छलफल विना निष्कर्ष टुंगिएको छ । छलफलमा नेपाली कांग्रेस र कांग्रेस सम्बद्ध नेविसंघले कुनैपनी हालतमा निर्वाचन रोक्नुपर्ने अडान राखेपछि निर्वाचन अधिकृत टेकनप्रसाद कडेलले जिम्मेवारीबाट राजीनामा दिन बाध्य भएको समेत बताएका छन् । सबै क्रीयाशिल बिद्यार्थी संगठनहरुले रोकिएको निर्वाचन तत्काल सुचारु गर्न सहमत हुँदा नेविसंघले आपत्ती जनाएको थियो ।
स्ववियु निर्वाचन चैत्र ५ गते तोकिएपनि विवादका कारण निर्वाचनको तालिका आज सारिएको थियो ।
स्ववियु निर्वाचन अधिकृत टेकन कँडेलले बुझाए राजिनामा:
राप्ती बबई क्याम्पस स्ववियु निर्वाचन अधिकृत टेकन कँडेलले राजीनामा दिनुभएको छ । निष्पक्ष रुपमा निर्वाचन गराउन नसकेको भन्दै तीब्र रुपमा आलोचना भएपछि कँडेलले जिम्मेवारीबाट राजीनामा दिन बाध्य भएको बुझिएको छ । कँडेलले निर्वाचन अधिकृतका रुपमा बसेर काम गर्ने वातावरण नभएको भन्दै क्याम्पस प्रमुख युवराज रावतलाई राजीनामा पत्र बुझाएको प्राध्यापक शालिकराम रेग्मीले बताउनुभयो ।
एकजना विद्यार्थीसँग २३ जना विद्यार्थीको परिचयपत्र भेटिएपछि स्थगित भएको मतदान सुरु सबै राजनीतिक दल र तिनका बिद्यार्थी संगठनबिच भएको अन्तिम छलफलमा निर्वाचन अधिकृत कडेल मतदान सुचारु गर्न सहमत नै थिए। रोकिएको मतदान सुरु गर्न सबै राजनीतिक दल र बिद्यार्थी संगठनहरु सहमत भएपनी नेपाली कांग्रेस र सो पार्टी सम्बद्ध नेविसंघले असहमति जनाएको थियो । छलफलमा नेपाली कांग्रेस र सो पार्टी निकट नेविसंघले सवै स्थगित मतदान सुचारु गर्न सहमत हुँदापनि निर्वाचन अधिकृतले आफ्नो माग नसुनी एक्लै पेलेर गए राम्रो नहुने समेत बताएका थिए ।
एकजना विद्यार्थीसँग २३ जना विद्यार्थीको परिचयपत्र भेटिएपछि मतदान समेत स्थगित भएको छ । बिहान ८ बजेटबाट सुरु भएको निर्वाचन दिउँसो पौने दुई बजे ५३३ जना विद्यार्थीले मतदान गरेपछि रोकिएको हो । विवादकै कारण चैत्र ५ गते हुने भनिएको निर्वाचन आज तोकिए पनि विवाद रहित भने हुन सकेन । जसका कारण कँडेल आलोचित बन्नु प¥यो । क्याम्पसमा तयार पारिएका विद्यार्थीका परिचय पत्र हराएपछि कँडेल सहित क्याम्पस प्रमुख माथि प्रश्न चिन्ह खडा भएको छ ।।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.