बसको ठक्करबाट मृत्यु भएकी घर्तीका परिवारले अतिरिक्त २ लाख क्षतिपूर्ति पाउने

डेली न्युजराप्ती       २५ पुष २०८१ २२:४३ मा प्रकाशित     67 No Comments

तुलसीपुर । बसको ठक्करबाट मृत्यु भएकी तुलसीपुर उपमहानगरपालिका –५ की ३९ बर्षीया तिर्सना घर्ती मगरको परिवारलाई दुई लाख अतिरिक्त क्षतिपूर्ति दिने सहमति भएको छ, भने छोरीलाई १२ सम्म पढाउने सहमति भएको छ । विहीबार साँझ भएको दोस्रो पटकको वार्ता पश्चात कक्षा १२ सम्म पढाउने जिम्मा त्रिशिद्धेश्वरी यातायात प्रालिले जिम्मा लिएपछि सहमति भएको हो । उनकी छोरी हाल कक्षा ८ मा पढ्दै आएकी छन् ।

मृतकका आफन्तले दिनभर तुलसीपुर बजारमा आवतजावत ठप्प पारेका थिए । बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट घर्तीको मृत्यु भएको थियो । उनी पैदल हिडिरहेको अबस्थामा बसले ठक्कर दिएको हो । दुर्घटना लगतै बस चालक तुलसीपुर – ६ का ४२ बर्षीय खिमराज वलीलाई भने प्रहरी नियनन्त्रणमा लिइ सकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार