पाल्पामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु,३५ घाइते

डेली न्युजराप्ती       १० बैशाख २०८० १३:३७ मा प्रकाशित     207 No Comments

बाग्लुङ्ग। पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् । बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको छ । मृतक महिलाको परिचय खुल्न नसकेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार