बैशाख १३ , तुलसीपुर । विप्लव नेतृत्वको नेकपा पुर्वी दाङ जिल्लाले व्यापार / व्यावसायीहरुको हालको स्थिति बारे आजदेखी तथ्यांक संकलन गरिरहेको छ ।
नेकपा पुर्वी दाङले आजदेखी घोराहीका प्रत्येक पसलपसलमा पुगेर तथ्यांक संकलन गरिरहेको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा पुर्वी दाङ जिल्ला सम्झना सीको नेतृत्वमा तथ्यांक संकलन गरिरहेको सो पार्टीले जानकारी दिएको छ ।
नेकपाले हिजो मंगलबार जिल्ला कमिटीको बैठक बसि व्यावसायीहरुको पक्षमा संघर्ष गर्ने निर्णय गरेको थियो ।
पार्टीले व्यवसायीहरुको सटर भाडादर घटाउन आन्दोलन गर्ने र त्यसका लागि व्यवसायीहरुको बैशाख १३ गतेदेखि १५ गतेसम्म तथ्यांक संकलन गरी विश्लेषण गर्ने र १९ गते पत्रकार सम्मेलन गर्ने निर्णय गरेको हो । सोही अनुरुप घोराहीमा संचालित सबै प्रकारका व्यापार व्यवसायहरुको सटर भाडादर बुझ्न तथ्यांक संकलन गरिरहेको सो पार्टीले जनाएको छ।
सबै व्यापार व्यवसायको तथ्यांक संकलन गरिसकेपछि संकलित तथ्यांक वैज्ञानिक बिश्लेसन गरि १९ गते पत्रकार सम्मेलन गर्ने जनाएको छ ।
यस्तै नेकपा पुर्वी दाङको मंगलबार सम्पन्न बैठकले बैशाख २४ गते ज्ञापनपत्र बुझाउने , २६ गते बिरोध र्याली गर्ने , २७ गते १ दिन सटर बन्द गर्न लगाउने , २८ गते बिरोध सभा गर्ने , ३१ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने , जेठ ३ गतेदेखि निरन्तर घोराही उपमहानगरपालिकामा धर्ना दिने निर्णय समेत गरेको छ । व्यापार व्यावसायिहरुको हालको स्थिति सटर भाडादर बुझ्न तथा तथ्यांक संकलनका लागि सात वटा टिमको क्षेत्र विभाजन गरिएको छ ।
त्यस्तै मंगलबार सम्पन्न बैठकले राजनीति वैचारिक तथा संगठनतर्फ महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले प्रत्येक वडामा वडा कमिटी बनाउने , बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने , बैशाख २३ गते महिलाको भेला गर्ने , २५ गते युवाको सम्मेलन गर्ने , पार्टी सदस्यको विवरण तयार पार्ने लगायतको निर्णयहरु गरेको हो ।
नेकपाले नेपाल कम्युनिस्ट पार्टी सुखदुखमा जनताको साथी भन्ने उद्देश्यसहित निरन्तर जनताको प्रत्यक्ष जनजिविकासंग जोडिएका मुद्दाहरुमा जनतासंग एकाकार हुँदै आफ्ना गतिविधि अगाडि बढाइरहेको छ ।
व्यापार/व्यवसायको हालको स्थिति सटर भाडादर , चर्को बैंक ब्याजदरले आक्रान्त भएर व्यावसायीहरुले भोगिरहेको पीडा बुझ्न प्रत्यक्ष व्यवसायीहरुसंग नेकपा जोडिएपछि घोराहीका व्यावसायीहरुले पार्टीलाई धन्यवाद दिएका छन् ।
डेलिन्युजराप्तीसंग कुरा गर्दै एक व्यापारीले भने– ‘सुरुमा यो पार्टीले पनि केही गर्दैन कि भन्ने सोच्थे तर जब यसका गतिविधि बिशेषगरि घोराहीमा नियालीरहेको छु आशा लागेको छ । यो पार्टीले नै अब केही गर्छ कि भन्ने मनमा खेल्न थालेको छ ।’
घोराही बजारमै मोबाइल पसल संचालन गरिरहेका अर्का एक व्यापारीले डेलिन्युजराप्तीसंग कुरा गर्दै भनेका छन् – ‘व्यापार/व्यवसाय यतिबेला लथालिङ्ग भएका छन् । बैंकको ब्याज तिर्न सक्ने अवस्था समेत छैन् । सटरको भाडादर आकाशिदो छ । आज नेकपाका कार्यकर्ताहरु आएर हाम्रा पीडा सुनाउन भन्दा मन भक्कानिएको छ । हामिले भनेका छौँ यसरी नै तपाइँहरु जनताका पिडासंग जोडिएर अगाडि बढ्नुस हामी साथमा छौं । बैंकको चर्को ब्याजदर घटाउन पनि आन्दोलन गरेको हो यो पार्टीले हामी त्यतिबेला पनि सहभागी भएका हौं ।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.