अहिलेको व्यवस्थावाट भ्रष्टाचार नियन्त्रण हुने आशा गर्नु अज्ञानता हो : नेकपाका नेता भरत सी

डेली न्युजराप्ती       २७ बैशाख २०८० १९:४० मा प्रकाशित     437 No Comments

वालकृष्ण खाँड पक्राउ परेपछि भरत सीले भने, ‘याे व्यवस्थामा भष्ट्राचार नियन्त्रण असम्भव’

शोभराज बराल
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सीले दलाल संसदीय व्यवस्थाबाट देशको भष्ट्राचार नियन्त्रण हुन्छ भन्ने विश्वास गर्नु अज्ञानता हुने बताएका छन्।

नक्काली भुटानी सरणार्थी प्रकरणमा पार्टीका शिर्ष नेताहरुसंगै पूर्व गृहमन्त्रीलाई पक्राउ पुर्जी जारी गर्दै धमाधम पक्राउ गरिरहेका बेला नेता भरत सीले सामाजिक संजाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले लेखेका छन्, ‘अहिले नेपालमा चलिरहेको जुन दलाल संसदीय प्रणाली छ, यहि प्रणालीमा विश्वास गरेर अगी बढिरहेको सरकार छ, यहि व्यवस्थाबाट भ्रस्टाचार नियन्त्रण हुन्छ भनेर आशा गर्नु अज्ञानता हो त्यसैगरी अहिलेको सरकारबाट भ्रष्टाचार विरुद्ध भए गरेका काम कारबाहीको बिरोध गर्नु पूर्वाग्रह हो।’ ‘उनले भनेका छन्, ‘यसमा सबैको चेत खुल्नु पर्छ।’

पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई पक्राउ गरिएको केही समय नबित्दै बिद्रोही पार्टीका नेता भरतको यस्तो स्टाटसले सामाजिक संजालसंगै राजनीतिक वृतमा तरङ्ग पैदा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार