शरणार्थी काण्ड: सम्झना सी

डेली न्युजराप्ती       ५ जेष्ठ २०८० २१:१७ मा प्रकाशित     1166 No Comments

अचेल बजार हल्ला देखेर
नौलो लाग्दैन मलाई
जे रोपिएको छ त्यही फल्ने न हो
बीष रोपेको बारीमा
अमृत कहाँ फल्छ र महोदय
यती कान्ड , बतास कान्ड,ओम्नी कान्ड,
वाइडवडी कान्ड , ३२ किलो सुन कान्ड,बालुवाटार जग्गा काण्ड 
कान्डै कान्ड रोपिएका छ्न यहाँ
सिसि क्यामराको तारा काटने मुसा
यतै छोपिएका छन यहाँ
थपियो भुटानी शरणार्थी कान्ड
त्यसैले अचेल मलाई
बजार हल्ला नौलो लाग्दैन
न्याय र भ्रष्टाचारको विरुद्ध  लडने 
प्रकान्ड , बिरजङ्ग लगाएतका योद्धाहरु
र देशका गहना सन्दीप ,रेशमहरुका
हातमा हत्कडी खुट्टामा नेल भिराइन्छ
मानव तस्कर भ्रष्टाचारिहरुलाइ
ससुराली गएजसरी
सोफामा राखेर मेजमानी खुवाइन्छ
त्यसैले मलाई अचेल
बजार हल्ला नौलो लाग्दैन
जनताहरु भेडानै हुन जसरी
हात्ती आयो हात्ती आयो फुस्सा बनाइन्छ
त्यसैले मलाई अचेल
बजार हल्ला नौलो लाग्दैन
यस्ता नाटक मन्चन
पटक पटक भैरहन्छ यहाँ
यसमा ताली पिटेर समय
नखर्चौ महोदय
बरु देश बदल्ने सल्लाह गरौ
एकपटक आधी चलाउनु पर्छ
तुफान जगाउनु पर्छ
फेददेखी टुप्पा सम्म
भ्रष्टहरुको अखडामा
आगो लगाउनु पर्छ
हामी सबै नेपाली एक भएर
देश बदल्नु  पर्छ
अमृत रोपेपछी अमृत नै फल्छ
अमृत फलाउनै पर्छ ।
(लेखक : सम्झना सी नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार

छोरी के तिमी सुरक्षीत छौ?

७ श्रावण २०७८ २३:००

किनकी म समाजवादी हुँ!

२२ पुष २०७९ १९:३६

म बिदेशीएको मान्छे

२ बैशाख २०८१ ०७:४१

श्रमिक आवाज ( कविता ): जनक सी

८ चैत्र २०८० ११:३३