बुटवलमा उपचाररत सहिद क. दुर्गाकि आमा तुलसा पाण्डेलाई महासचिव विप्लवद्वारा भेटघाट

डेली न्युजराप्ती       ९ जेष्ठ २०८० १२:४६ मा प्रकाशित     212 No Comments

बुटवल / सहिद तथा बेपत्ता परिवारकी सदस्य तुलसा पाण्डेलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले लुम्बिनी अस्पताल बुटवलमा भेटघाट गरेका छन। स्वास्थमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी पाण्डेको स्वास्थ स्थिति बुझ्न महासचिव विप्लवले उनलाई आइतबार अस्पताल मै पुगेर स्वास्थ्य लाभको कामना गर्दै भेटघाट गरेका हुन।

जनयुद्धको क्रममा पाण्डेका छोरा दुर्गा सहिद भएका थिए भने अर्का छोरा युवराजलाई तत्कालीन राज्यले बेपत्ता पारेको थियो।

जनयुद्ध र क्रान्तिकारी परिवर्तनका लागि दुइटा छोरा गुमाएकी पाण्डेको स्वास्थ स्थिति र उपचारको काममा आवश्यक सहयोग पुर्‍याउन महासचिव विप्लवले लुम्बिनी अस्पतालका सुपरिटेन्डेन्ट डा. सुदर्शन थापालाई आग्रह गरेका थिए।

पाण्डेको स्वास्थ्य स्थिति bझ्न नेकपा नेताहरू प्रज्वलन सी, शरद सी, अडिग सी, बिमर्श सी, र वीरेन्द्र सी लगाएत नेताकार्यकर्ताहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार