तीन पार्टीविच एकता भएलगत्तै विप्लवले बोलाए एकताको बिशेष बैठक , कपिलवस्तुमा एकता प्रक्रियाको स्वागत!

डेली न्युजराप्ती       ११ जेष्ठ २०८० २०:४९ मा प्रकाशित     210 No Comments

महासचिव विप्लवद्वारा एजेन्डा प्रस्तुत गर्दै बैठकको उद्घाटन
कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको एकताको बिशेष बैठक आजबाट प्रारम्भ भएको छ।जनआधारित र आत्मनिर्भर पार्टी निर्माण गर्न यस अघि निर्माण गरिएको ६ महिने प्रथम योजनाको समिक्षा, योजनाको थप बिकास गर्न र एकताको बिशेष बैठकको रूपमा जारी बैठक शुरु गरिएको हो।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय कपिलवस्तुमा प्रारम्भ भएको केन्द्रिय समिति बैठकलाई महासचिव विप्लवले सम्बोधन गर्दै, १० पृष्ठ लामो लिखित प्रस्ताव पेश गरेका छन ।

अन्तरास्ट्रिय गित गाउदै शुरु भएको बैठकमा गत बैशाखमा एकता गरिएका माओवादी समाजवादी र श्रमिक जनता पार्टी सहितको एकता प्रक्रियालाई सहभागी केन्द्रिय सदस्यहरुले जोडदार तालि बजाएर खुशीयाली मनाएका छन भने महासचिव विप्लव देखि सबै केन्द्रिय सदस्यहरुले परिचयात्मक कार्यक्रम समेत गरेका छन।

राजनीति , संगठन, आर्थिक , सास्कृतिक, सुचना सञ्चार र विविध गरि १० ओटा एजेन्डा प्रस्तुत गरिएको बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत लिखित प्रस्ताव माथी समुहगत रूपमा छलफल गर्न १० ओटा ग्रुपमा बिभाजन गरिएको छ भने प्रस्तावमा देशको समसामयिक परिस्थिति , आर्थिक- राजनीतिक संकट , नेकपाको ऐतिहासिक कार्यभार र पहलकदमी, आजको अन्तरास्ट्रिय अन्तरबिरोधको स्थिति ,नेपालमा कम्युनिस्ट , माओवादी, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको ध्रुवीकरणको अपरिहार्यताका बिषयमा पार्टी दृस्टीकोण प्रस्तुत गरिएको बताइएको छ भने बैठक आगामी १३ गतेसम्म जारी रहने छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार