भारतले नेपालको भूभाग समेटेर नक्सा जारी गरेको भन्दै नेकपा निकट जवस मोर्चाद्वारा मसाल जुलुस

डेली न्युजराप्ती       २४ जेष्ठ २०८० ०८:१४ मा प्रकाशित     342 No Comments

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुले मंगलबार साझ काठमाडौमा मसाल जुलुस प्रर्दशन गरेका छ्न। सयौंको संख्यामा उपस्थित संयुक्त जवस/ मोर्चाका नेता कार्यकर्ताले कमलादीदेखि शान्तिवाटिकासम्म मंगलबार साँझ मसाल जुलुस गरेका हुन।

मसाल जूलूसको क्रममा प्रहरी हस्तक्षेप हुदा सामान्य झडप समेत भएको थियो । कोणसभा लाई सम्बोधन गर्दै युवा संगठनका अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य पाटनले भारतीय साम्राज्यवादले नेपालको स्रोत साधन माथी गिद्दे नजर लगाइरहेकाले सबै नौजवान युवाहरु एक भएर प्रतिकारमा उत्रनु पर्ने समय आएको बताए।

शान्तिवाटिकामा मसाल जूलूस पछिको कोणसभा कार्यक्रम लाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले भारतले नेपालको स्वाभिमानमाथी आँच आउने काम गरेको भन्दै भारतीय साम्राज्यवाद विरुद्ध युवा विद्यार्थीहरु एक भएर लड्ने बेला आएको बताए ।कथित अखण्ड भारतको नक्साबाट नेपालको भूभाग नहटाए भारतीय साम्राज्यवाद विरुद्ध निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका थिए।

मशाल जुलुस पछिको कोणसभा कार्यक्रमको संचालन युवा संगठन नेपालका महासचिव तिलक सीले गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य अनिल सी ले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार