नेकपा पूर्वी दाङले यो वर्ष मकै र धान खेती गर्ने!

डेली न्युजराप्ती       २७ जेष्ठ २०८० १३:११ मा प्रकाशित     300 No Comments

घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङको विशेष वैठक सम्पन्न भएकोे छ । शुक्रबार घोराहीमा सम्पन्न वैठकले उत्पादनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको नेकपाले जनाएको छ।

नेकपा पूर्वी दाङका सेक्रेटरी जनक सीको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सी एवं पार्टी पूर्वी दाङका इञ्चार्ज सम्झना सीको विशेष उपस्थितिमा बसेको बैठकले उत्पादन सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ । जसमा यो वर्षातको समयमा खेतमा धान र बारीमा मकै खती गर्नेसँगै खेतीसम्बन्धी अन्य संभाव्यता अध्ययन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले उत्पादनलाई व्यवस्थित बनाउन महान सीको नेतृत्वमा जनशक्ति परिचालन उप–समिति गठन समेत गरेको छ । जसको समितिमा चुलुवा सी, पञ्चराम सी, कमरा सी, तिलक सी र मान बहादुर सी रहेका छन् ।

पार्टीको केन्द्रीय नीति अनुसार उत्पादनमा अनिवार्य रुपमा जोडिनुपर्ने भएको हुँदा पूर्वी दाङमा पनि उत्पादनमा जोडिन लागेको हो । कृषिसँग सम्बन्धीत विभिन्न संघ/संस्थाहरु संग आवश्यक समन्वय गरी खेती सम्भाव्यता अध्ययन गरेर व्यवसायलाई आधुनिक ढंगले अगाडि बढाइने समेत नेकपा पूर्वी दाङका सेक्रेटरी जनक सीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार