दाङ, २७ जेष्ठ । दाङको लमही नगरपालिका ९ अमिलियाबाट बाघको छाला र हड्डीसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका ७ निवासी ३१ वर्षीय वीरबहादुर पुन र रोल्पा माडी गाउँपालिका ३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् भने अन्य दुइजनाको नाम खुलाइएको छैन ।
इलाका प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा २० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको हो । पक्राउ परेका चारजनालाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.