बैशाख १६,तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ बाट स्वतन्त्र वडा अध्यक्ष पदका उमेदवार भिम बाहादुर डागी(किरण)ले स्थानीय निर्वाचनमा आफुसंग कसैको प्रतिस्पर्धा हुने अवस्था नरहेको बताएका छन।
शुक्रवार चुनाव लक्षित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार किरणले आफुले लोकप्रिय मतले ल्याएर बिजयी हुने समेत बताए।
नेकपाको समर्थनमा तुलसीपुर-७ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका किरणले भने– ‘मेरो कसैसँग प्रतिस्पर्धा हुने अवस्था छैन,अत्याधिक लोकप्रिय मत ल्याएर जित्छु।’
तुलसिपुर ७ बाट स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेद्बार किरणको व्यक्तित्व अत्यन्त लोकप्रिय भएकाले गठबन्धनका उम्मेदवारलाई हम्मेहम्मे परेको स्थानीयले बताएका छन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.