तुलसीपुर, २० असोज । पश्चिम राप्ती नदिमा जलसतहले खतराको तह पार गरेको छ । दाङको बगासोति जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो । बिहान ४ः१० बजे जलसतहले खतराको तह पार गरेको हो ।
अहिले राप्ती नदिमा जलसतह ६.४ मिटर पुगेको छ । सतर्कता तह ५.५ मिटर हो भने ६.२ मिटर जलसतह पुग्यो भने खतराको तह पार गरेको मानिन्छ । दुई दिन देखि लगातार पानी पर्दा डुबान र कटानको जोखिम बढे पछि पश्चिम राप्ती र बबई नदि क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.