काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि प्रतिकारात्मक आक्रमण सुरु गरेको बताएका छन् । शनिबार उनले भने, ‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण गरेका छौँ । हाम्रो सेनाबाट रुसमा यस्ता आक्रमणहरू भइरहेका छन्।’ तर उनले जवाफी आक्रमणको विवरण नदिने पनि बताए । पछिल्लो समाचार अनुसार युक्रेनी सेनाले देशको पूर्वी भागमा रहेको बाख्मुत र दक्षिणमा जापोरिझियामा प्रगति गरिरहेको छ। शुक्रबार देखाइएको एक भिडियोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अब युक्रेनले जवाफी कारबाही सुरु गरेको रुसले निश्चित रूपमा भन्न सक्ने बताएका थिए । तर युक्रेनको प्रयास असफल भएको र उनीहरुले ठुलो मात्रामा क्षति बेहोरेको उनको भनाई थियो ।
जेलेन्स्कीको कन्फरेन्सपछि राति रुसले ओडेसामा ड्रोन आक्रमण गरेको थियो । जसमा ३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.